विराटनगर । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग अन्तर्गत शनिबार हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान वर्षाका कारण खेल सञ्चालन गर्न योग्य नभएपछि खेल स्थगित गरिएको क्यानका सचिव पारस खड्काले बताए।
बिहीबार रातिदेखि परेको लगातारको वर्षाका कारण मैदान भिजेको र खेल सञ्चालन गर्न नसकिने अवस्था बनेको हो ।
खेल स्थगित भएसँगै लुम्बिनी र चितवनले एक–एक अङ्क बाँडेका छन्