प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० माघ, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुने बताएका छन् ।

विराटनगरमा बुधबार प्रेस चौतारी कोशी प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित गर्न विधेयकमाथि पर्याप्त छलफल गर्ने सुनाए ।

प्रदेशसभामा पेश भएको प्रादेशिक सञ्चार विधेयकमा कमी-कमजोरी भए सच्याएर अघि बढ्नेसमेत प्रतिबद्धता उनले व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले अहिले अध्यादेशको विषयमा अनावश्यक रूपमा बखेडा झिक्न खोजेको समेत बताए ।

‘सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरूले पनि विरोध गरिरहेको सुनिन्छ तर अध्यादेश संवैधानिक हो । सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउन नपाउने भन्ने हुन्न,’ उनले भने ।

यसअघिका सरकारहरू र प्रदेश सरकारहरूले पनि अध्यादेश ल्याउने गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा सरकार चलाउनेहरूले अनावश्यक रूपमा विधेयकहरूको विरोध गर्न नहुने बताए ।

यसैगरी कोशी प्रदेशको विकासका प्रदेश सरकारले विभिन्न योजनाहरू सुरु गरिएको उनले बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको पर्यटन विकासका लागि विभिन्न पदमार्गहरु निर्माणको काम सुरु गरिएको जानकारी दिए ।

प्रदेश सरकारले २९ वटा पालिका जोड्नेगरी चारवटा पदमार्ग निर्माणको काम दातृ निकायसँगको सहकार्यमा सुरु गरेको जानकारी दिए ।

पछिल्लो समयमा विकास निर्माणको क्रम बढेको बताउँदै उनले नयाँ सत्ता समिकरण बनेपछि सकारात्मक परिवर्तनहरू देखिन थालेको बताए ।

प्रकाशित समय: बुधबार ३० माघ, २०८१, १६:१५:२२

सम्बन्धित खबर

सिंहदरबारको नाम फेर्न रास्वपा सांसद ढकालको प्रस्ताव

आईतबार २४ साउन, २०८३
२ हप्ताअघि

सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने

मङ्गलबार १९ साउन, २०८३
३ हप्ताअघि

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
४ हप्ताअघि

कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग

मङ्गलबार १२ साउन, २०८३
४ हप्ताअघि

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, दक्षिण एशियाली वामपन्थी सहकार्यमा जोड

सोमबार ४ साउन, २०८३
१ महिनाअघि
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०