हिसान खेल : टेबलटेनिसको उपाधि अरनिको, बिकेभिएम र सगरमाथालाई

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ माघ, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरमा जारी हिसान स्पोर्ट्स मिटअन्तर्गत टेबलटेनिसको उपाधि अरनिको, बिकेभिएम र सगरमाथाले जितेका छन् ।

आइतबार भएको टेबलटेनिसको छात्रा टिम इभेन्टतर्फ अरनिको स्कुलले सगरमाथा स्कुललाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

छात्रतर्फ बिकेभिएम स्कुलले मेरिल्याण्ड कलेजलाई ३–१ को सेटमा हराउँदै उपाधि जित्यो ।

त्यस्तै, टेबलटेनिसको छात्र एकलतर्फ बिकेभिएमका यथार्थ आचार्यले सगरमाथाका रजतरमण दवाडीलाई सोझो सेटमा हराउँदै उपाधि जिते ।

छात्रातर्फ सगरमाथाकी रुबी मेहताले अरनिकोकी ओमकुमारी चौधरीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् ।

प्रतियोगिताको छात्र फुटबलको पहिलो खेलमा रेडस्टार स्कुलले जेभियर्स स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

रेटस्टारका लागि सदानन्द मगर र छोसाङ गुरुङले समान १–१ गोल गरे । खेलको प्लेयर अफ द म्याच रेडस्टारका जोसन कार्की भए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षासन्देश स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

कान्तिपुरका सोनु चौधरी र प्रशान्त लिम्बूले १–१ गोल गरे । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका सरोज साह भए ।

छात्रा फुटबलमा साबिक विजेता अर्किड कलेजले शिक्षादीप कलेजलाई ४–० को गोल अन्तरले पराजित गरेको छ ।

अर्किडका लागि समीक्षा आचार्यले ३ र पूर्णिमा बास्तोलाले १ गोल गरिन् । खेलको प्लेयर अफ द म्याच अर्किडकी सुस्मिता बस्नेत भइन् ।

त्यसैगरी, क्रिकेट खेलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले साबिकको विजेता कान्तिपुर कलेजलाई ९ विकेट पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनायो । हेमराज हमालले २० रन बनाए ।

ग्रिनल्याण्डका फैजल अन्सारी, गौरीशङ्कर माझी र सन्जीव शर्माले २–२ विकेट लिए ।

८२ रनको लक्ष्य पाएको ग्रिनल्याण्डले १३ ओभर २ बलमा १ विकेटको क्षतिमा विजयी भयो ।

सुनिल यादवले २७ रन र प्लेयर अफ म्याच हेमन्त शर्मा २६ रन बनाए । कान्तिपुरका रामरतन यादवले १ विकेट लिए ।

दोस्रो खेलमा मेरिल्याण्ड कलेजले सेन्टजोसेफ कलेजलाई ९० रनले हराउँदै अन्तिममा चारमा पुगेको छ ।

टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित १८ ओभरमा ४ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । कुष्ण देवले ५५ रन बनाए । सेन्टजोसेफका सुदीप ठाकुरले २ विकेट लिए ।

जवाफमा १ सय ४६ रनको चुनौती पाएको सेन्टजोसेफले १३ ओभरमा सबै विकेट गुमाउँदै ५५ रनमै समेटियो । मेरिल्याण्डका प्लेयर अफ म्याच मौसम यादवले ५ विकेट लिए ।

यस्तै, बास्केटबलको पहिलो खेलमा शिक्षादीप कलेजले सगरमाथा स्कुललाई २१–७ को अन्तरले पराजित गर्यो । दोस्रो खेलमा बिकेभिएम स्कुलले अरनिको स्कुललाई ४६–२१ को अन्तर पराजित गर्यो ।

यसैगरी, भलिबलको छात्रतर्फको पहिलो खेलमा कान्तिपुर कलेजले सगरमाथा कलेजलाई सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो खेलमा मोडर्न एरा स्कुलले अर्किड कलेजलाई सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो खेलमा शिक्षासन्देश स्कुलले ग्रिनल्याण्ड कलेजलाई २–१ को सेटले हराउँदै सेमिफाइनलमा पुगेको छ ।

चौथो खेलमा रेडस्टार स्कुलले बिकेभिएम स्कुललाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुग्यो ।

छात्रातर्फ मोडर्न एराले कान्तिपुर कलेजलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

प्रकाशित समय: आईतबार १३ माघ, २०८१, २०:४०:४२
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०