यसपालि विश्वकप खेल्दै छ नेपाली महिला टोली

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ पुस, २०८१
२ वर्षअघि

विराटनगर । नेपाली यु–१९ महिला क्रिकेट टिमले यसपालि बेजोड प्रदर्शन गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला टी–२० विश्वकप छनोटमा शीर्ष स्थानमा रहँदै नेपाल पहिलो पटक विश्वकपमा छनोट भयो ।

Advertisement

यसअघिको संस्करणमा नेपाल तेस्रो भएको थियो ।

अन्तिम खेलमा घरेलु टिम युएईमाथि नेपालले आठ विकेटको शानदार जित हासिल गरेर छनोटको ढोका खेलेको थियो ।

यसपालि चार टिम सहभागी छनोट प्रतियोगितामा नेपाल पहिलो चरणमा युएईद्वारा १३ रनले पराजित भए पनि दोस्रो चरणमा भने युएईमाथि आठ विकेटले जित हासिल गर्‍यो, त्यो पनि मात्र १४.४ ओभरमा ।

नेपाल र युएईको समान १० अंक भए पनि रन रेटका आधारमा नेपाल माथि रहँदै विश्वकपमा छानिन सफल भयो । नेपालको रन रेट ३.९३५ रह्यो भने युएईको ३.७४० थियो ।

नेपालले पहिलो चरणमा थाइल्यान्डलाई ६७ रनले, कुवेतलाई १०८ रनले हराएको थियो । यु–१९ महिला टी–२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुने छ ।

१६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुङ्गो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ औँ देश बनेको छ ।

यस विश्वकपमा आयोजक मलेसिया, गत विश्वकप खेलेका १० देश र क्षेत्रीय छनोटबाट नेपालसहित पाँच देशले भाग लिँदै छन् ।

विगतको विश्वकप खेलेका अस्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज तथा क्षेत्रीय छनोटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्यान्ड र अमेरिका विश्वकपमा सहभागी हुने छन् ।

यस विश्वकप खेल्ने १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड रहेका छन् ।

सन् २०२३ मा भएको पहिलो यु–१९ महिला टी–२० विश्वकप भारतले जितेको थियो ।

एसिया कपमा पनि नेपाल

नेपाल विश्वकप सँगसँगै पहिलो संस्करणको यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसियाली क्रिकेट परिषद् एसिसीको आयोजनामा डिसेम्बर १५ देखि मलेसियामै यु–१९ महिला एसिया कप हुने छ ।

यु–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश र मलेसिया सहभागी रहेका छन् । नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् । नेपालले पाकिस्तानविरुद्ध डिसेम्बर १६ मा र भारतविरुद्ध डिसेम्बर १७ मा खेल्ने छ  ।

पहिलो पटक विश्वकपमा छनोट भएको टिमका सदस्यलाई नेपाल क्रिकेट संघ (क्यान) ले हौसला प्रदान गरेको छ । क्यानले खेलाडीलाई जनही साढे दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०