जाडोमा छालाको स्याहार कसरी गर्ने ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ पुस, २०८१
१ वर्षअघि

विराटनगर । जाडो मौसम छालाको लागि अनुकुल मानिँदैन । यसकारण पनि जाडोको महिना सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने हुन्छ ।

जाडोमा बाहिरी वातारण सुख्खा हुन्छ । यसले छालामा सोझो असर गर्छ । अझ सहरी क्षेत्रमा धुलो-धूँवाले छालालाई थप नोक्सान पुर्‍याउँछ ।

बाहिरी चिसो र भित्री ताताको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ ।

त्यसैले जाडो याममा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ । छालालाई कसरी मुलायम, चम्किलो, रसिलो, स्वस्थ्य राख्ने भन्ने कुरा जान्नुपर्छ ।

जाडोको मौसममा छालामा देखिने विभिन्न समस्यामध्ये सुक्खापन मुख्य हो ।

अधिकांश मानिसलाई जाडोको मौसममा छाला सुक्खा हुने, कक्रक्क हुने, ओठ फुट्ने, हाट खुट्टा फुट्नेलगायत समस्याले सताउँछ ।

शरीरको तुलनामा बाहिरी वातावरणको तापक्रम कम हुन थालेपछि हाम्रो शरीरबाट तापसँगै हामीले नदेख्ने गरी पानीको कण पनि बाहिर निस्किरहेको हुन्छ । जसले गर्दा छाला सुक्खा हुने समस्या देखापर्छ ।

जाडोमा पानी पनि कम खाने गरिन्छ । जसले गर्दा शरीरमा पानीको मात्रा कम हुन्छ र छाला सुक्खा हुने समस्या देखापर्छ ।

त्यसैले जाडो मौसममा छालालाई विशेष प्रकारले हेरचाह गर्न आवश्यक छ ।

छाला रोग विशेषज्ञ डा. सब्रिना यमु श्रेष्ठका अनुसार मौसम परिवर्तन भएसँगै विस्तारै छाला पनि सुक्खा हुँदै जान्छ र छाला सुक्खा हुने समस्यालाई धेरैले बेवास्ता गरेको पाइन्छ ।

छाला सुक्खा हुनेबित्तिकै पनि यसले धेरै समस्या निम्त्याउन सक्ने उनको भनाइ छ ।

‘छाला सुक्खा हुनेबित्तिकै छाला फुट्ने, पत्रपत्र हुने हुन्छ,’ उनले भनिन्, ‘यस्तो हुँदा हामीलाई चिलाउन, कोट्याउन मन लाग्छ र यसबाट घाउ भई विभिन्न प्रकारको सङ्क्रमण पनि हुनसक्छ ।’

साथै छालाको हेरचाह गर्ने चेतनाको कमी भएर वा आफूखुसी कस्मेटिक वा अनेकथरि औषधिको प्रयोगले छालामा विभिन्न समस्या निम्तिरहेको हुने उनले बताइन् ।

जाडोमा छालाको हेरचाह

जाडोमा सुक्खापनबाट बच्नु नै सबैभन्दा महत्तवपूर्ण हुन्छ । जाडोमा अधिक तातो पानीले नुहाउने गर्नु हुँदैन ।

नुहाउँदा मनतातो पानीको प्रयोग गर्नुपर्छ । जसले छाला सुक्खा हुन दिँदैन । यसबाहेक साबुनको धेरै प्रयोगले छाला सुख्खा हुनुका साथै फुट्ने समस्या हुन्छ । नुहाउँदा नरम साबुनको प्रयोग गर्नुपर्छ ।

कुनै पनि कडा, एन्टिसेप्टिक वा हर्बल साबुनको प्रयोगले छालामा भएको तेल पनि बगाएर लाने हुँदा सामान्य मोइस्चराइजरयुक्त साबुनको प्रयोग गर्नु नै उचित हुन्छ ।

छालालाई सुक्खा हुनबाट जोगाउनका लागि नुहाउनेबित्तिकै नरिवलको तेल (सबैभन्दा सजिलै पाउने र सस्तो पनि) वा मोइस्चराइजर शरीरको सम्पूर्ण छालामा लगाउनुपर्छ ।

यसबाहेक छालाको आवश्यकता अनुसार, छाला चिलाएमा, फुस्रो देखिए वा फुटेमा पटक-पटक मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।

सबैको छाला एकै किसिमको नहुने हुनाले आफ्नो छालाअनुसारको क्रिम छनोट गर्नुपर्ने हुन्छ ।

शरीरको जुन भाग कपडाले ढाकेको हुँदैन प्रायः ती भागको छाला सुक्खा हुने हुँदा बाहिर हिँड्दा बाहुला भएको शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ ।

यसले घाम र हावाको असरलाई कम गर्न मद्दत गर्छ ।

जाडोमा ओठ र खुट्टाको हेरचाह

जाडोमा हात खुट्टा फुट्ने सम्भावना बढी हुने भएकाले मनतातो पानीमा खुट्टा दुवाउने र कुनै पनि मोइस्चराइजर, क्रिम वा घरमा भएको घ्यूको पनि प्रयोग गर्न सकिन्छ ।

यसले छाला नरम बनाउनुका साथै हात खुट्टा फुट्न दिँदैन । ओठ फुट्नबाट जोगाउनाका लगि समय समयमा पटक-पटक लिप बामको प्रयोग गरिरहनु उचित हुन्छ ।

घाममा धेरै बस्नाले छाला चाउरी हुने, चायापोतो बढ्ने

जाडोमा घाम सबैका लागि प्यारो हुन्छ । तर, निरन्तर घाममा बस्दा छालामा भने विभिन्न असर देखापर्न सक्छ ।

घामकै कारण छाला उमेरभन्दा छिटो चाउरी हुने, चायापोतोको समस्या पनि बढ्ने र छाला कालो हुने गर्छ ।

चायापोतोबाट जोगिन अनुहारको छालालाई घामबाट जोगाउनुपर्छ ।

चायापोतोलाई आउन नदिन धेरैबेर घाममा नबस्ने, अनुहारको छालालाई घामबाट जोगाउनका लागि सनस्क्रिनको प्रयोग गर्नु पर्छ ।

घामबाट आउने अल्ट्राभायलेट किरणबाट मात्र नभई मोबाइल, ल्यापटपको स्क्रिनबाट आउने लाइट, घरमा भएको बत्तीको लाइट, खाना पकाउने इन्फ्रारेड हिटरको वा जाडोमा न्यानो हुनका लागि बस्ने हिटरबाट आउने किरणबाट निस्कने किरणले छालामा असर गरी चायापोतो आउने हुन्छ ।

थोरै घामले पनि छालामा धेरै असर गर्नसक्ने हुँदा घाममा जाने बेलामा मात्र नभई सनस्क्रिनको नियमित प्रयोग गर्नु आवश्यक हुन्छ ।

एक पटक लगाएको सनस्क्रिनले दुईदेखि तीन घण्टा मात्र काम गर्छ ।

त्यसैले घाम नै नलागे पनि दिनमा दुई–दुई घन्टापछि पटक पटक सनस्क्रिन लगाउने बानी गर्नुपर्छ ।

सनस्क्रिनको प्रयोगले उमेरभन्दा अगाडि हुने चाउरीपन, चाडा पोतो तथा दागको समस्याबाट जोगाउन मद्दत गर्छ । बच्चाहरूका लागि पनि छुट्टै सनस्क्रिन पाइन्छ ।

स्वस्थ छालाका लागि के खाने ? के नखाने ?

छालाको हेरचाहमा विशेष ध्यान दिनुका साथै आहारले छाला, कपाल र नङलाई स्वस्थ राख्न महत्तवपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ ।

शरीरमा पानी कम भई छाला सुक्खा हुने हुँदा शरीरलाई हाइड्रेटेड राख्न प्रशस्त पानी पिउनुपर्छ ।

सामान्य सन्तुलित खानेकुरा खानुपर्छ । सँगसँगै दैनिक आहारमा हरियोसाग सब्जी, ताजा फलफूलको सेवनमा जोड दिनुपर्छ ।

रिफाइन्ड कार्बोहाइड्रेट भएको खाना, चिल्लो तथा मसालेदार खाना, धेरै चिनी, गुलियो मिठाई, चलकेट लगायतका खाने कुराहरू खान कम गर्ने र चुरोटरक्सीको सेवन छोड्नु पर्छ ।

यस्ता खानाले छालालाई उमेरभन्दा अगाडि नै छालालाई चाउरी पार्ने हुन्छ ।

आफूले अपनाउन सक्ने विधि गर्दा पनि छाला सुक्खा हुने र फुट्ने क्रम रोकिएन भने छाला रोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ ।

प्रकाशित समय: मङ्गलबार १६ पुस, २०८१, ०७:००:४६

सम्बन्धित खबर

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
१ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
३ हप्ताअघि
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०