दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ भदौ, २०८३
३ हप्ताअघि

विराटनगर । सुनसरीको दुहबीमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी महोत्सवलाई लक्षित गर्दै सुरक्षा तथा यातायात व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ। दुहबी–६ स्थित ऐतिहासिक श्री राधाकृष्ण मन्दिरमा भदौ १९ र २० गते आयोजना हुने दुईदिने महोत्सवमा करिब ५० हजार भक्तजन सहभागी हुने आयोजकको अपेक्षा छ।

महोत्सवको मुख्य आकर्षणका रूपमा भव्य रथयात्रा आयोजना गरिँदैछ। रथयात्रामा दुहबीसहित आसपासका विभिन्न पालिकाबाट ठूलो संख्यामा भक्तजन सहभागी हुने भएकाले मन्दिर परिसरदेखि रथयात्रा मार्गसम्म सुरक्षा व्यवस्था कडा बनाइने भएको हो।

महोत्सवलाई व्यवस्थित बनाउन मूल आयोजक समितिअन्तर्गत १६ वटा उपसमिति गठन गरिएको छ। ती समितिले मञ्च तथा सांस्कृतिक कार्यक्रम, प्रसाद वितरण, सुरक्षा, स्वयंसेवक परिचालन, झाँकी, प्रचारप्रसार, आर्थिक व्यवस्थापन र अतिथि सत्कारलगायतका जिम्मेवारी सम्हाल्नेछन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश रौनियारका अनुसार महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन स्थानीय प्रशासन, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग समन्वय गरिएको छ। रथयात्राका क्रममा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्नुका साथै मन्दिर तथा यात्रा मार्गमा निगरानी क्यामेरामार्फत समेत निगरानी गरिनेछ।

रथयात्राका कारण मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले सवारी चाप व्यवस्थापनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिने आयोजकले जनाएको छ।

धार्मिक आस्था र सांस्कृतिक महत्व बोकेको जन्माष्टमी महोत्सवमा रथयात्रासँगै विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति आयोजना गरिनेछ। आयोजकले भक्तजनलाई महोत्सवमा सहभागी भई भगवान् श्रीकृष्णको दर्शन तथा महाप्रसाद ग्रहण गर्न आह्वान गरेको छ।

प्रकाशित समय: मङ्गलबार १६ भदौ, २०८३, १७:३५:३१

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

बिहिबार १ असोज, २०८३
५ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
७ दिनअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०