विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १८ भदौ, २०८३
१ महिनाअघि

विराटनगर । जन्मदिनको अवसरमा प्राप्त तथा संकलित रकम व्यक्तिगत खर्चमा नभई विपद्मा परेका परिवारको सहयोगमा समर्पित गर्दै विराटनगरका बालबालिकाले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन्।

विराटनगरस्थित किड्स भिलेज स्कुलका नानीबाबुहरूले आफ्नो जन्मदिनमा जम्मा भएको रकम भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि प्रदान गरेका हुन्। बालबालिकाबाट संकलित ३४ हजार ८ सय ६५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको विद्यालयले जनाएको छ।

Advertisement

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै प्रभावित परिवारले कठिन परिस्थितिको सामना गरिरहेका बेला बालबालिकाले आफ्नो खुसीलाई पीडितसँग बाँड्ने निर्णय गरेका हुन्।

विद्यालयकी एकेडेमिक डाइरेक्टर निरु पौडेलका अनुसार सानै उमेरदेखि बालबालिकामा सहयोग, करुणा, सेवा र सामाजिक जिम्मेवारीको भावना विकास गराउने उद्देश्यले यस्तो पहल गरिएको हो। जन्मदिनमा प्राप्त खुसीलाई विपद्मा परेका परिवारसँग बाँड्ने संस्कारले बालबालिकालाई मानवीय संवेदना र सामाजिक उत्तरदायित्वप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

त्यस्तै, विद्यालयका म्यानेजिङ डाइरेक्टर पंकज जैनले बालबालिकाबाट संकलित रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिए।

‘हाम्रो खुसी, विपद्मा परेकाका लागि सहयोग बनोस्’ भन्ने भावनासहित गरिएको यो पहलले बालबालिकाको सानै उमेरदेखि सामाजिक सेवाप्रतिको रुचि र मानवीय संवेदनशीलताको सकारात्मक सन्देश दिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी

सोमबार २६ असोज, २०८३
१५ घण्टाअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
१५ घण्टाअघि

सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो

सोमबार २६ असोज, २०८३
१६ घण्टाअघि

जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी

सोमबार २६ असोज, २०८३
१६ घण्टाअघि

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान

सोमबार २६ असोज, २०८३
१७ घण्टाअघि

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
१८ घण्टाअघि
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०