भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका नागरिक तथा फेला परेका शव र मानव अंगको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ।

नेपाल प्रहरीले सूचना जारी गर्दै बेपत्ता नागरिकका नजिकका रगतका नातेदारलाई डीएनए परीक्षणका लागि नमुना उपलब्ध गराउन आग्रह गरेको हो।

प्रहरीका अनुसार स्वदेश तथा विदेशमा रहेका बेपत्ता नागरिकका पहिलो पुस्ताका नातेदारले डीएनए परीक्षणको प्रक्रिया पूरा गर्नुपर्नेछ। स्वदेशमा रहेका आफन्तमध्ये बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले दुई प्रति पासपोर्ट साइजको फोटोसहित उपस्थित भएर ताजा रगतको नमुना दिनुपर्नेछ।

यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

विदेशमा रहेका परिवारले के गर्ने ?

विदेशमा रहेका विदेशी वा गैरआवासीय नेपालीका हकमा पनि बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित देशकै आधिकारिक फोरेन्सिक प्रयोगशालाबाट ‘अटोसोमल एसटीआर डीएनए प्रोफाइलिङ’ गराउनुपर्नेछ।

उक्त डीएनए प्रोफाइलको सफ्टकपी अर्थात् डिजिटल प्रति नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले आग्रह गरेको छ। इमेलमा सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता, राहदानी वा आधिकारिक परिचयपत्रको विवरण, व्यक्ति हराएको मिति तथा सम्भावित स्थान समावेश गर्नुपर्नेछ।

त्यसैगरी, मान्यताप्राप्त प्रयोगशालाबाट प्राप्त डीएनए प्रोफाइलिङ रिपोर्ट र डीएनए नमुना दिने व्यक्ति तथा हराइरहेको व्यक्तिबीचको पारिवारिक नाता समेत खुलाउनुपर्ने प्रहरीले जनाएको छ।

डीएनए परीक्षण तथा आवश्यक समन्वयका लागि नेपाल प्रहरीले दुई जना सम्पर्क अधिकारी तोकेको छ। प्रहरी निरीक्षक शम्भुबहादुर केसीलाई ९८४१६१६०९५ र प्रहरी नायव निरीक्षक (सई) विष्णु घिमिरेलाई ९८५७०९१०१३ मा सम्पर्क गर्न सकिनेछ।

बाढीले ठूलो संख्यामा नागरिक बेपत्ता भएको र कतिपय शव क्षतविक्षत अवस्थामा फेला परिरहेकाले वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई बुझाउन डीएनए परीक्षणको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित समय: बिहिबार १८ भदौ, २०८३, १०:२७:०३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०