एनपिएल : विराटनगरको प्लेअफ पुग्ने सम्भावना जीवितै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २८ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर किङ्ससँग नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज पराजित भएको छ ।

शुक्रबार भएको खेलमा विराटनगरसँग चितवन ५१ रनले पराजित भएको हो ।

Advertisement

योसँगै चितवनले प्लेअफ पुग्न जनकपुर बोल्ड्ससँग खेल कुर्नुपर्ने भएको छ ।

विराटनगरले भने प्लेअफ पुग्ने सम्भावना जिवितै बनाएको छ ।

६ खेल खेलेको चितवनको ६ अंक छ ।

विराटनगरले समान खेलबाट चार अंक पुर्‍याएको छ ।

विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो ।

चितवनका अमर रौटेलाले सर्वाधपक ४२ रन बनाए ।

२९ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

ओपनर सन्तोष कार्की २८, कुशल मल्ल २५, रवी बोपारा २० रनमा आउट हुँदा दीपक बोहरा दुई र सोहेल तनवीर एक रनमा अविजित रहे ।

विराटनगरका सन्दीप लामिछानेले दुई विकेट लिए ।

क्रिस सोल, बसिर अहदम र सुवास भण्डारीको नाममा एक विकेट रह्यो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका थिए ।

तर, विराटनगरले पहिलो पावर प्लेमा राम्रो गर्न सकेन ।

लोकेश बम शून्य, दीपक बोहरा चार, स्कट एडवार्ड्स शून्यमा आउट भएका थिए ।

पावर प्ले समाप्त भएसँगै निकोलस किर्टन पनि आठ रनमा पभिलियन फर्किएपछि विराटनगरको ब्याटिङले संघर्ष गरिरहेको थियो ।

यद्यपि, मार्टिन गप्टिलले ४५ रनको इनिङ्स खेल्दै विराटनगरलाई जीवनदान दिए ।

१३.५ ओभरमा कुशल मल्लबाट बोल्ड हुनुपूर्व उनले ३५ बलमा एक चौका र चार छक्का प्रहार गरे ।

उनले पाँचौं विकेटका लागि बसिर अहमदसँग ६५ रनको साझेदारी गरे ।

अर्कोतर्फ बसिरले राजेश पुलामीसँग अन्तिम चार ओभरमा ६९ रन जोड्दै विराटनगरलाई मजबुत अवस्थामा पुर्‍याए ।

४४ बल खेलेका बसिरले चार चौका र चार छक्कासहित अविजित ६८ रन बनाए । राजेशले पनि ३३ रनको अविजित इनिङ्स खेले ।

चितवनका रिजन ढकालले सर्वाधिक दुई विकेट लिए । सोहेल तनवीर, बसिल हामेद र कुशल मल्लले समान एक विकेट लिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०