कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरले निकाल्यो पहिलो जित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ मङ्सिर, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगर किंग्सले काठमा‍डौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा कीर्तिमानी जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा विराटगरले लुम्बिनी लायन्सविरुद्ध ‍२ विकेटको जित दर्ता गरेको हो ।

विराटनगरको यो पहिलो जित हो । यसअघि दुई खेलमा हार बेहोरेको उसले तीन खेलमा २ अंक जोडेको छ ।

विराटनगर अंकतालिकाको चौथो स्थानमा छ ।

बिहीबार ओपनर लोकेश बमको विस्फोटक ब्याटिङमा विराटनगरले कीर्तिमानी लक्ष्य पूरा गरेको थियो ।

लुम्बिनीले दिएको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १ बलअगावै ८ विकेटको क्षतिमा भेट्टायो।

विराटनगरका ओपनर लोकेश बम ४७ बलमा ३ चौका र ५ छक्का सहयोगमा ७१ रन बनाउँदै पेभेलियन फर्के ।

मार्टिन गुप्टिल २८ रन बनाउँदा दुर्गेस गुप्ताको बलमा बोल्ड आउट भए । बसिर अहमद ४० रन बनाउँदा क्याच आउट हुन पुगे। प्रतिस जिसी ६ रनमा पेभेलियन फर्के ।

लुम्बिनीका दुर्गेश गुप्ताले तीन विकेट झारे। साद विन जफर र रामोन सिमोन्डले समान दुई विकेट लिए । विवेक यादवले एक विकेट लिए ।

त्यसअघि विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल तयार पारेको थियो ।

एनपीएलमा पहिलो खेल खेलिरहेको लुम्बिनीले अहिलेसम्मकै ठूलो योगफल तयार पारेको हो ।

यसअघि सुदूरपश्चिमले विराटनगरविरुद्ध नै १ सय ८२ रनको विशाल योगफल तयार पारेको थियो ।

कप्तान रोहित पौडेलले बनाएको ४६ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो ।

कप्तान रोहितले २९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दा राजेश पुलामीको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए ।

१७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाएका टम मोर्स रन आउट भए ।

ओपनर आशुतोष घिरैया १५ रन बनाउँदै रन आउट भए । अर्जुन साउद १७ रनमा इस्मत आलको बलमा बोल्ड आउट भए। सन्दीप जोरा १२ रनमा रनआउट हुन पुगे ।

साद विन जफर १५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा मार्टिन गुप्टिलको हातबाट क्याच आउट भए । वेन कटिङ ६ रनमा रनआउट भए ।

विवेक यादव १९ र रेमोन सिमोन्ड २ रनमा अविजित रहे। लुम्बिनीका चार खेलाडी रन आउट भए ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक विकेट लिए ।

प्रकाशित समय: बुधबार १९ मङ्सिर, २०८१, १६:३८:४९
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०