संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ सिरिसेमा ट्र्याक्टरबाट खसेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
कात्तिक ३ गते राति ९ बजेतिर पिलुवाखोला ओखरबोटे भत्रि पक्की सडक खण्डमा पिलुवाबाट ओखरबोटेतर्फ जाँदै गरेको ट्याक्टरबाट खसेर घाइते भएका मादी-६ का ४५ वर्षीय लोकबहादुर तामाङको सोमबार मृत्यु भएको हो ।
नातामा भाइ पर्ने ४० वर्षीय ज्ञानु तामाङले चलाई ल्याएको को ४ त ७७६५ नम्बरको ट्याक्टरमा सवार रहेका उनी सोही ट्यक्टरबाट झरी घाइते भएका थिए ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल संखुवासभा पुर्याएर थप उपचारको लागि १२ गते कोशी अस्पताल
विराटनगर रेफर गरिएको थियो ।
थप उपचारको लागि कात्तिक १५ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर भई उपचाररत उनको हिजो बिहान ११:४० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।