सिराहालाई हराउँदै झापाले जित्यो बेलबारी गोल्डकप उपाधि

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १० कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा सम्पन्न  सातौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ ।

बेलबारी–११ स्थित लक्ष्मी खेल मैदानमा शनिबार भएको फाइनलमा सलहेस फुटबल क्लब सिराहालाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै झापाले उपाधि रक्षा गरेको हो ।

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा झापा भाग्यमानी सावित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५०औँ मिनेटमा सलहेशका अजयी मार्टिनले हेड गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, ७१औँ मिनेटमा झापाका प्रदीप बुढाथोकी गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेटपछि टाइब्रेकरमा पुगेको खेलमा झापा भाग्यमानी बन्यो ।

टाइब्रेकरमा झापालाई जिताउन दिनेश उराव, अभिषेक गुरुङ, सौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे।

सलहेशको राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले मात्र गोल गरे भने सलहेशका समीर तामाङको प्रहार झापाका गोल रक्षक सन्दीप लिम्बूले बचाए ।

फाइनल खेलको म्यान अफ दि म्याच भएका अभिषेक गुरुङले पाँच हजार रुपैयाँ पाए ।

झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए ।

तामाङलाई १० हजार र अन्य खेलाडीलाई जनही सात हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

सलहेशका अजयी मार्टिन सर्वाधिक गोलकर्ता बने । उनले पाँच गोल गरेका थिए ।

सलहेशकै समीर तामाङले उत्कृष्ट स्ट्राईकरको पुरस्कार स्वरूप सात हजार रुपैयाँ पाए ।

यस्तै, उपाधिसँगै झापाले आठ लाख रुपैयाँ पुरस्कार पायो भने उपविजेता सलहेस सिराहाले चार लाख रुपैयाँ पायो ।

विजयी टिमका खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईलगायतले पुरस्कार प्रदान गरे ।

सिराहाले शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा काठमाडौंको चित्लाङ फुटबल क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै झापासँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

त्यसअघि पहिलो सेमिफाइनलमा बुटवल लुम्बिनीमाथि २-० गोलको जित निकाल्दै झापाले फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रकाशित समय: शनिवार १० कार्तिक, २०८१, १९:३२:५९
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०