काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह चरणको दोस्रो खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराएको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा श्रीलंकाले माल्दिभ्समाथि १-० गोलको जित निकालेको हो ।
श्रीलंकाको जितमा इमिसाले खेलको १७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
यससँगै समूह ‘बी’ को श्रीलंकाले विजयी सुरुवात गर्यो । यसै समूहको नेपालले आजै भुटानसँग खेल्दैछ ।
प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश छन् । यो समूहको पहिलो खेलमा बिहीबार भारतले पाकिस्तानलाई ५-२ गोलले हराएको थियो ।