निखिलको निर्णायक गोलमा कोशीले जित्यो स्वर्ण, बागमती उपविजेतामा सीमित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ ब‌ैशाख, २०८१
१ महिनाअघि

चितवन । चितवनको भरतपुरमा सम्पन्न प्रथम संस्करणको अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलतर्फ कोशी प्रदेशले स्वर्ण पदक जितेको छ ।

आइतबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा भएको फाइनल खेलमा बागमतीमाथि १-० गोलको जित निकाल्दै कोशीले उपाधि उचालेको हो ।

कोशीको जितमा निखिल तामाङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ४५औं मिनेटमा निखिलले गोल गर्दै कोशीलाई ‘गोल्ड’ दिलाए । गोलकर्ता निखिल म्यान अफ द म्याच ठहरिए ।

प्रतियोगिताअन्तर्गत अरू खेल चितवनका विभिन्न स्थानमा भए पनि पुरुष फुटबल भने हेटौंडामा भएको थियो ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको समापन पनि फुटबलको फाइनलसँगै भएको छ ।

गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको प्रतियोगिताअन्तर्गत महिला फुटबलको उपाधि पनि कोशीले नै जितेको थियो ।

शनिबार भरतपुर महानगरपालिका-१९ स्थित बखान मिनी रंगशाला शारदानगर फुटबल मैदानमा भएको खेलमा कोशीले सुदूरपश्चिमलाई २-० गोलले हराएर स्वर्ण जितेको थियो ।

कोशीको जितमा जेनिफर मगर र समीक्षा मगरले एक-एक गोल गरेका थिए ।

प्रकाशित समय: आईतबार २ ब‌ैशाख, २०८१, १८:४९:३८
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा सिटीसफारीमा सवार दुई महिलासहित तीन जना घाइते
बिहिबार ३ जेठ, २०८१
प्रतिलिटर सात रुपैयाँले घट्यो पेट्रोलको भाउ, डिजेर-मट्टीतेलको मूल्यमा पनि गिरावट
बिहिबार ३ जेठ, २०८१
नेपालको कप्तान
सन्दीपलाई विश्वकप खेल्ने टोलीमा समावेश गर्ने क्यानको तयारी
बिहिबार ३ जेठ, २०८१
गिरी फाउन्डेसनले गर्‍यो विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण
बुधबार २ जेठ, २०८१
प्रहरीको सफलता : एकैदिन ६ सय ९० किलो गाँजा बरामद, चार जना पक्राउ
बुधबार २ जेठ, २०८१
बलात्कार मुद्दामा सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो
बुधबार २ जेठ, २०८१
उमेरले १२ पुगेकी कञ्चनको आवाज र नृत्यमा ‘तेह्रथुमकी रानी’
बुधबार २ जेठ, २०८१
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो
बुधबार २ जेठ, २०८१
ठग्न पल्किएकी अञ्जली, जो बालबालिकालाई फकाएर अश्लील क्रियाकलापमा संलग्न गराउँथिन्
मङ्गलबार १ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०