विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ४ चैत, २०८०
३ वर्षअघि

विराटनगर । विराटनगरमा सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर पुरुषसँग मित्रता गाँस्दै ‘हनी ट्रयाप’ मा पारेर रकम असुली गर्ने धन्दा मौलाएको छ ।

सामाजिक सञ्जालमा युवतीको नाममा नक्कली आईडी बनाएर पुरुषसँग चिनजान गरी हनी ट्रयापमा पार्ने नयाँ शैलीको अपराध विराटनगरमा बढेको हो ।

Advertisement

सामाजिक सञ्जालमा चिनजान गरेर विभिन्न होटल तथा रेष्टुरेन्टमा भेटन बोलाउने र झुठो मुद्दा लगाएर फसाईदिने भन्दै डर, धम्की र त्रासको आधारमा रकम असुल्ने अपराध बढेको पीडितहरुले बताएका छन् ।

सुन्दरीलाई जीवनसाथी बनाउने सपनामा पछिल्लो ६ महिनामा मात्रै विराटनगरका २५ भन्दा बढी विवाहित तथा अविवाहित पुरुषहरु हनी ट्रयापको शिकार भएका छन् ।

उनीहरु सबैलाई सामाजिक सञ्जाल फेसबुकमा ‘निशा लिम्बु’ को नाममा रहेको एकाउण्टबाट हनी ट्रयापमा पारी ब्ल्याकमेल गरिएको बताईएको छ ।

सामाजिक सञ्जालमा सक्रिय रहेकी एक युवतीको तस्बिर प्रयोग गरेर एक पुरुषले यस्तो जाल रचेका हुन् ।

आफूलाई रोशन लिम्बु बताउने ती पुरुष पोखरातिर बस्छन् । विराटनगरसहित पूर्वका पुरुषलाई म्यासेज पठाएर उनले पीडितहरूसँग रकम असुलेका छन् ।

‘एकदिन फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । कुराकानी भयो, चिनजान भयो । अनि ती युवतीले व्हाट्सएपमा कुुरा गरौं भनेर आफ्नो नम्बर दिईन् । व्हाट्सएपमा कुरा गर्दै गएपछि एकदिन उताबाट प्रपोजल आयो । म सँग प्रेममा परेको बताईन् । मैले स्वीकार गरे । केहीदिनपछि आमा बिरामी भएर नोबेल हस्पिटलमा राखेको भन्दै ३ हजार रुपैयाँ पैसा मागिन । मैले दिएपनि,’ विराटनगरका राजन चौधरी (नाम परिवर्तन) ले भने, ‘दुईदिनमा मैले ती युवतीलाई १० हजारभन्दा बढी पैसा दिईसके । तर, पैसा पाएपछि ब्लक भए ।’

सामाजिक सञ्जालमार्फत् चिनजान गरी माया प्रेमको सम्बन्ध स्थापना गर्ने र आफन्त तथा साथीभाई बिरामीको भएको बहानामा लाखौं रुपैयाँसम्म रकम असुल्ने अपराधको शिकार विराटनगरका मात्रै नभई इटहरीसम्मका पूरुषहरु भएका छन् ।

शब्द एक्स्प्रेससँग सम्पर्कमा आएका सञ्जय अधिकारी (नाम परिवर्तन) ले भने, ‘सामाजिक सञ्जालमा जोडिएपछि युवतीले कसैसँग फोन अथवा भिडियो कलमा कुरा गर्दिनन् । म्यासेजमा मात्रै कुरा हुन्छ । भ्वाइस रेकर्डकोे रिप्लाई पनि म्यासेजमै आउँछ ।’

पीडितहरुले सामाजिक सञ्जाल फेसबुकमा रहेको निशा लिम्बु नामको उक्त आईडी पनि नक्कली भएको आशङ्का गरेका छन् । इटहरीका सरोज श्रेष्ठ (नाम परिवर्तन) ले भने, ‘फोनमा समेत कुरा गर्न नमान्नेलाई कसरी पत्याउनु ? केटा मान्छेले नै अरुको आइडी दुरुपयोग गरेको हो भन्ने आशङ्का छ ।’

पीडितहरुका अनुसार युवतीले मायाजालमा पारेर विभिन्न बहानामा किस्ताबन्दी शैलीमा पैसा माग गर्ने गरेकी छन् । पहिलोपटक ८००, दोश्रोपटक ५००, तेश्रोपटक १५०० र चौथोपटक २ हजार गर्दै भावनात्मक रुपमा बाँधेर लाखौं रुपैयाँसम्म रकम ठगी गर्ने गरेको उनीहरुले बताएका छन् ।

सम्बन्धित बिषयमा बोल्दै जिल्ला प्रहरी कार्यालय मोरङले अहिलेसम्म लिखित जाहेरी नआएका कारण कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले पीडितले जाहेरी दिएलगत्तै घटनाको अनुसन्धान थालिने बताए । उनले भने, ‘घटनाबारे हामीलाई सामान्य सुचना आएको छ । तर, पहिचान खुल्ने डरले अहिलेसम्म कसैले जाहेरी दिनुभएको छैन् । प्रहरीमा निवेदन प्राप्त हुनासाथ अनुसन्धान सुरु हुन्छ ।’

मुलुकी अपराध संहिता २०७४ को दफा २५३ ले कसैबाट डर, धम्की तथा त्रासको आधारमा वा बेईमानीपूर्ण ढङ्गबाट कुनै प्रकारको लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले गराएको कुनैपनि कार्यलाई अपराधको रुपमा व्याख्या गरेको छ ।

उक्त दफाको उपदफा (क) ले आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अङ्गभङ्ग गर्ने वा गम्भीर चोट पुर्‍याउने डर तथा त्रास देखाएमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । उपदफा (ख) मा भने कसैको व्यवसायमा गैह्रकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर–त्रास देखाई कुनैपनि प्रकारले आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

यसअघि थम्बमा प्रयोग गरिएको फोटो सम्बन्धित युवतीले हटाउन आग्रह गरेपछि हटाइएको छ । पीडकले ती युवतीको तस्बिर प्रयोग गरी रकम माग्दै आएका थिए । (सम्पादक) 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
४ दिनअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
६ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
१ हप्ताअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
२ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
२ हप्ताअघि
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०