विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ४ चैत, २०८०
२ वर्षअघि

विराटनगर । विराटनगरमा सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर पुरुषसँग मित्रता गाँस्दै ‘हनी ट्रयाप’ मा पारेर रकम असुली गर्ने धन्दा मौलाएको छ ।

सामाजिक सञ्जालमा युवतीको नाममा नक्कली आईडी बनाएर पुरुषसँग चिनजान गरी हनी ट्रयापमा पार्ने नयाँ शैलीको अपराध विराटनगरमा बढेको हो ।

सामाजिक सञ्जालमा चिनजान गरेर विभिन्न होटल तथा रेष्टुरेन्टमा भेटन बोलाउने र झुठो मुद्दा लगाएर फसाईदिने भन्दै डर, धम्की र त्रासको आधारमा रकम असुल्ने अपराध बढेको पीडितहरुले बताएका छन् ।

सुन्दरीलाई जीवनसाथी बनाउने सपनामा पछिल्लो ६ महिनामा मात्रै विराटनगरका २५ भन्दा बढी विवाहित तथा अविवाहित पुरुषहरु हनी ट्रयापको शिकार भएका छन् ।

उनीहरु सबैलाई सामाजिक सञ्जाल फेसबुकमा ‘निशा लिम्बु’ को नाममा रहेको एकाउण्टबाट हनी ट्रयापमा पारी ब्ल्याकमेल गरिएको बताईएको छ ।

सामाजिक सञ्जालमा सक्रिय रहेकी एक युवतीको तस्बिर प्रयोग गरेर एक पुरुषले यस्तो जाल रचेका हुन् ।

आफूलाई रोशन लिम्बु बताउने ती पुरुष पोखरातिर बस्छन् । विराटनगरसहित पूर्वका पुरुषलाई म्यासेज पठाएर उनले पीडितहरूसँग रकम असुलेका छन् ।

‘एकदिन फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । कुराकानी भयो, चिनजान भयो । अनि ती युवतीले व्हाट्सएपमा कुुरा गरौं भनेर आफ्नो नम्बर दिईन् । व्हाट्सएपमा कुरा गर्दै गएपछि एकदिन उताबाट प्रपोजल आयो । म सँग प्रेममा परेको बताईन् । मैले स्वीकार गरे । केहीदिनपछि आमा बिरामी भएर नोबेल हस्पिटलमा राखेको भन्दै ३ हजार रुपैयाँ पैसा मागिन । मैले दिएपनि,’ विराटनगरका राजन चौधरी (नाम परिवर्तन) ले भने, ‘दुईदिनमा मैले ती युवतीलाई १० हजारभन्दा बढी पैसा दिईसके । तर, पैसा पाएपछि ब्लक भए ।’

सामाजिक सञ्जालमार्फत् चिनजान गरी माया प्रेमको सम्बन्ध स्थापना गर्ने र आफन्त तथा साथीभाई बिरामीको भएको बहानामा लाखौं रुपैयाँसम्म रकम असुल्ने अपराधको शिकार विराटनगरका मात्रै नभई इटहरीसम्मका पूरुषहरु भएका छन् ।

शब्द एक्स्प्रेससँग सम्पर्कमा आएका सञ्जय अधिकारी (नाम परिवर्तन) ले भने, ‘सामाजिक सञ्जालमा जोडिएपछि युवतीले कसैसँग फोन अथवा भिडियो कलमा कुरा गर्दिनन् । म्यासेजमा मात्रै कुरा हुन्छ । भ्वाइस रेकर्डकोे रिप्लाई पनि म्यासेजमै आउँछ ।’

पीडितहरुले सामाजिक सञ्जाल फेसबुकमा रहेको निशा लिम्बु नामको उक्त आईडी पनि नक्कली भएको आशङ्का गरेका छन् । इटहरीका सरोज श्रेष्ठ (नाम परिवर्तन) ले भने, ‘फोनमा समेत कुरा गर्न नमान्नेलाई कसरी पत्याउनु ? केटा मान्छेले नै अरुको आइडी दुरुपयोग गरेको हो भन्ने आशङ्का छ ।’

पीडितहरुका अनुसार युवतीले मायाजालमा पारेर विभिन्न बहानामा किस्ताबन्दी शैलीमा पैसा माग गर्ने गरेकी छन् । पहिलोपटक ८००, दोश्रोपटक ५००, तेश्रोपटक १५०० र चौथोपटक २ हजार गर्दै भावनात्मक रुपमा बाँधेर लाखौं रुपैयाँसम्म रकम ठगी गर्ने गरेको उनीहरुले बताएका छन् ।

सम्बन्धित बिषयमा बोल्दै जिल्ला प्रहरी कार्यालय मोरङले अहिलेसम्म लिखित जाहेरी नआएका कारण कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले पीडितले जाहेरी दिएलगत्तै घटनाको अनुसन्धान थालिने बताए । उनले भने, ‘घटनाबारे हामीलाई सामान्य सुचना आएको छ । तर, पहिचान खुल्ने डरले अहिलेसम्म कसैले जाहेरी दिनुभएको छैन् । प्रहरीमा निवेदन प्राप्त हुनासाथ अनुसन्धान सुरु हुन्छ ।’

मुलुकी अपराध संहिता २०७४ को दफा २५३ ले कसैबाट डर, धम्की तथा त्रासको आधारमा वा बेईमानीपूर्ण ढङ्गबाट कुनै प्रकारको लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले गराएको कुनैपनि कार्यलाई अपराधको रुपमा व्याख्या गरेको छ ।

उक्त दफाको उपदफा (क) ले आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अङ्गभङ्ग गर्ने वा गम्भीर चोट पुर्‍याउने डर तथा त्रास देखाएमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । उपदफा (ख) मा भने कसैको व्यवसायमा गैह्रकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर–त्रास देखाई कुनैपनि प्रकारले आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

यसअघि थम्बमा प्रयोग गरिएको फोटो सम्बन्धित युवतीले हटाउन आग्रह गरेपछि हटाइएको छ । पीडकले ती युवतीको तस्बिर प्रयोग गरी रकम माग्दै आएका थिए । (सम्पादक) 

प्रकाशित समय: आईतबार ४ चैत, २०८०, १९:०१:२८
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०