लघुकथा : बाउ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १३ माघ, २०८०
२ वर्षअघि

अन्जु शर्मा, रातोपुल

वाक् ! वाक् !! गर्दै चमेली वाथरुमतिर छिरी ।

जेठी – ‘यो वेश्याले कस्को भूँडी बोकेर आई ? वाक् र ब्याक्क पो गर्छे त !’

नरे जेठो – खुसी हुँदै,’हो र ? राम्रो भएछ, घरमा सन्तान हुने भयो ।’

जेठी- ‘तिमीबाट सन्तान हुँदैनन्, भनेर डाक्टरले पहिले नै भनिसकेका छन् । यदि तिमीबाट हुने हो भने मेरा पनि त हुन्थे ।’

जेठीले बिहे गरेको १२ वर्षपछि आफ्नै भदैनीलाई सौताको रूपमा ल्याउँदा नरे जेठोले जेठीलाई सम्झाउदै भनेको थियो, ‘कान्छी ल्यायो भनेर नरिसा जेठी, यो तेरो जीवनभरको सेवक हुन्छे।’

जेठी रिसाएर रनक्क भई ।

नरे जेठोले सम्झायो, ‘जेठी हल्ला नगर् । चमेलीलाई दोष होइन, पुरस्कार दिन पर्छ । हामीलाई निःसन्तानको मुख हेर्दा अपवित्र होइन्छ, अपुत्राको धन प्यारो हुन्छ । भनेर आफन्त ,गाउँ ,समाज सबैले हैरान बनाएका थिए। जे जसरी भए पनि सन्तानको सुख दिने भइ चमेलीले । आखिर कसकोसँग के फरक पर्यो र ? उसको बाउ म नै हुन्छु ।’

नरे जेठो बाथरुमतिर हेर्दै मुसुक्क मुस्कुरायो ।

प्रकाशित समय: शनिवार १३ माघ, २०८०, १६:२९:३१
संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
मङ्गलबार २२ ब‌ैशाख, २०८३
जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
मङ्गलबार २२ ब‌ैशाख, २०८३
तोलाको ३८ सयले घट्यो सुन
मङ्गलबार २२ ब‌ैशाख, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारीमा राष्ट्रपति
मङ्गलबार २२ ब‌ैशाख, २०८३
भिडियो खिच्न रोकिएको भन्ने समाचार असत्य: प्रेस सल्लाहकार दाहाल
सोमबार २१ ब‌ैशाख, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्चको आदेश
सोमबार २१ ब‌ैशाख, २०८३
डोजर अभियानको असर पोखरामा: सुकुम्वासी सडकमा, ‘विकल्प बिना हट्दैनौं’
सोमबार २१ ब‌ैशाख, २०८३
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन
सोमबार २१ ब‌ैशाख, २०८३
दलित संघका अध्यक्ष विश्वकर्माको राजीनामा, स्वास्थ्य र पारिवारिक कारण देखाए
सोमबार २१ ब‌ैशाख, २०८३
मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
सोमबार २१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०