‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ माघ, २०७९
४ वर्षअघि
आईबीडी

इन्स्टेन्ट ब्लड डोनर’ (आईबीडी)ले आफ्नाे प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न गरेकाे छ ।

रक्तदाता र रगत आवश्यक पर्नेबीच समन्वय गर्दै आइरहेकाे आईबीडीकाे प्रथम अधिवेशनले अध्यक्ष सुरेन्द्र मल्लको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

२०७५ फागुनबाट सुरू भएकाे संस्थाले चार वर्षदेखि निरन्तर काम गर्दै आइरहेकाे छ । अनौपचारिक रुपमा चार वर्षअघि सुरू भएकाे संस्थाले २०७९ मा संस्था दर्ता प्रकृया पूरा गरेसँगै प्रथम साधारणसभा सम्पन्न गरेकाे हाे ।

‘बिरामी र रक्तदाताबीच मध्यस्तकर्ता’काे भूमिका निर्वाह गर्ने मुल उद्देश्यसहित स्थापित संस्थाले रगतको खाँचो परेका बिरामीहरुलाई रक्तदातासँग तत्काल सम्पर्क गराई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसबाहेक समय-समयमा सचेतना कार्यक्रम, रक्तदान शिविर तथा नेतृत्व विकास सम्बन्धि तालिमहरु पनि आयोजना गर्दै आइरहेको छ । 

समितिकाे उपाध्यक्षमा सुस्मिता श्रेष्ठ, सचिवमा विष्णु कार्की, सहसचिवमा निकेश मैनाली, कोषाध्यक्षमा रितेश अग्रवाल र सदस्यमा कविता काेइराला रहेकी छन् । आईबीडीकाे नयाँ कार्यसमितिकाे पहिलाे बैठकले बाँकी सदस्य पदपूर्ति गर्ने अध्यक्ष मल्लले बताएका छन् ।

प्रकाशित समय: शनिवार ७ माघ, २०७९, २२:१३:४२
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०