‘आरआरआर’ काे आक्रमक बक्स अफिस क्लेक्सन कायमै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ चैत, २०७८
४ वर्षअघि
‘आरआरआर’

रामचरन तेजा र जुनियर एनटीआर अभिनित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले बलिउड बक्स अफिसमा तहल्का मच्चाइ रहेको छ ।

गत शुक्रबारबाट हलमा रिलिज भएको फिल्मले पहिलो दिनमा नै विश्वभरबाट दुई सय २३ करोडको बक्स अफिस क्लेक्सन गरेको थियो ।

त्यसयता पनि नियमित आकर्षक कमाई गरिरहेको फिल्मले चौथो दिनसम्म आइपुग्दा पाँच सय करोडको व्यापार गरिसकेको छ ।

आरआरआरको हिन्दी संस्करणले मात्रै सय करोडको व्यापार गरिसकेको छ ।

भारतका विभिन्न भाषामा प्रदर्शन गरिएको यो फिल्मले सबै भाषाबाट राम्रो कमाई गरिरहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार ‘आरआरआर’ ले कोभिड महामारीपछि हिन्दी चलचित्र हलहरुमा दर्शकको बाढी नै ल्याइदिएको छ ।

उनका अनुसार चलचित्रले राम्रो ‘माउथ प्बलिसिटी’ पाइरहेको कारण हलहरुमा अझै भिड लागि रहेको हो ।

एसएस राजामौली निर्देशित चलचित्र आरआरआर महँगो बलिउड फिल्ममध्येको एक हो ।

‘बाहुबली’ फेम निर्देशक राजामौली निर्देशित आरआरआर बनाउन चार सय करोड भारु खर्च गरिएको छ ।

दक्षिण भारतीय स्टारद्वय रामचरण र एनटिआरको मुख्य भूमिका रहेको फिल्ममा बलिउड अभिनेता अजय देवगण र अभिनेत्री आलिया भट्टले अभिनय गरेका छन् ।

फिल्ममा सन् १९२० को पुष्ठभूमिलाई देखाइएको छ ।

संसारभरबाट मिश्रित प्रतिक्रिया बटुलिरहेको चलचित्रमा ब्रिटिस शासनविरुद्ध लड्ने गाउँले विद्रोही र ब्रिटिस सिपाहीको कथालाई प्रस्तुत गरिएको छ ।

प्रकाशित समय: मङ्गलबार १५ चैत, २०७८, २२:०७:५६

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
४ हप्ताअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
१ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
२ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
६ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
७ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
११ महिनाअघि
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०