यार्सागुम्बाको लोभ र अस्तित्वको संघर्षमा आधारित ‘हिमालयन गोल्ड’ को प्रिमियर

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ५ मङ्सिर, २०८३
१३ घण्टाअघि

निर्देशक धीराज राजवंशीको डेब्यू निर्देशकीय चलचित्र ‘हिमालयन गोल्ड’ को काठमाडौंमा प्रिमियर गरिएको छ। बुधबार ठमेलस्थित छायाँ सेन्टरमा आयोजित प्रिमियरमा सहभागी दर्शक तथा सेलिब्रेटीले चलचित्रको कथावस्तु, हिमाली दृश्य, कलाकारको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका छन्।

थ्रिलर तथा ड्रामा विधामा निर्माण भएको चलचित्रले हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको लोभमा उत्पन्न हुने द्वन्द्व, संघर्ष र मानवीय स्वार्थको कथा प्रस्तुत गर्छ। सन् १९९० को परिवेशमा आधारित चलचित्रमा यार्सागुम्बा संकलनदेखि त्यसको लुटपाट र सुरक्षाका लागि गरिने संघर्षलाई मुख्य विषय बनाइएको छ।

Advertisement

चलचित्रको कथामा आफू र परिवारले मेहनत गरेर संकलन गरेको यार्सागुम्बा जोगाउन एक युवतीले निर्दयी समूहसँग गर्ने संघर्षलाई देखाइएको छ। अस्तित्वको लडाइँ, प्रतिशोध र साहसलाई समेत समेटिएको चलचित्रले हिमाली समुदायको जीवनशैली र आर्थिक निर्भरतालाई उजागर गर्ने प्रयास गरेको छ।

‘हिमालयन गोल्ड’ को अर्को विशेषता यसको छायांकनस्थल हो। समुद्री सतहबाट करिब ४ हजार ८०० मिटर उचाइमा छायांकन गरिएको चलचित्रमा रुकुम, डोल्पा, रोल्पा र मनाङका हिमाली क्षेत्र तथा त्यहाँका समुदायको यार्सागुम्बासँग जोडिएको जीवनलाई पर्दामा उतारिएको छ।

चलचित्रले नेपालमा एडल्ट (ए) र भारतमा यूए १६ प्लस प्रदर्शन प्रमाणपत्र प्राप्त गरिसकेको छ। चलचित्रमा सुनील थापा, कर्मा शाक्य, परीक्षा लिम्बू, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायत कलाकारको अभिनय छ।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रको कथा तथा निर्देशन धीराज राजवंशीले गरेका हुन्। पटकथा दीपेन्द्र गौचन र राजवंशीले लेखेका छन्। चलचित्रका निर्माता मीनबहादुर भाम, सहनिर्माता सुयश ज्ञवाली र कार्यकारी निर्माता राजु राजवंशी हुन्।

चलचित्रको वितरण पनि विभिन्न देशमा फरक कम्पनीले गर्ने भएका छन्। भारतमा प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले चलचित्र वितरण गर्नेछ भने नेपालमा एप्पल इन्टरटेनमेन्ट, जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट र मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरणको जिम्मेवारी लिएका छन्।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

ओस्कारको आधिकारिक पेजमा दीपिका र रणवीरको ‘नगाडा संग ढोल’, सामाजिक सञ्जालमा चर्चा

सोमबार २४ कार्तिक, २०८३
२ हप्ताअघि

अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि प्रदान गरिने

शुक्रबार १४ कार्तिक, २०८३
३ हप्ताअघि

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
४ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
४ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
५ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
९ महिनाअघि
विराटनगरको उखुबारीमा अन्दाजी २५ वर्षीय युवकको शव फेला, हत्या भएको आशंका
शुक्रबार ५ मङ्सिर, २०८३
निर्वाचन आचारसंहिताले सरकारको काम रोक्न नहुने भन्दै गगन थापाले उठाए प्रश्न
शुक्रबार ५ मङ्सिर, २०८३
उपचारमुखीभन्दा रोग रोकथाममा केन्द्रित स्वास्थ्य प्रणाली आवश्यक : मन्त्री मेहता
शुक्रबार ५ मङ्सिर, २०८३
एनपीएल फाइनलको टिकट बिक्रीमै अन्योल, खुल्नुअघि नै देखियो ‘सोल्ड आउट’
शुक्रबार ५ मङ्सिर, २०८३
प्रधानमन्त्रीको भारत भ्रमणदेखि जग्गा नापजाँचसम्म, मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक
शुक्रबार ५ मङ्सिर, २०८३
यार्सागुम्बाको लोभ र अस्तित्वको संघर्षमा आधारित ‘हिमालयन गोल्ड’ को प्रिमियर
शुक्रबार ५ मङ्सिर, २०८३
पत्रकारिताबाट पार्टी राजनीतिमा पोख्रेलको प्रवेश, कांग्रेस लुम्बिनी महामन्त्रीमा उम्मेदवारी घोषणा
शुक्रबार ५ मङ्सिर, २०८३
नेपाली बजारमा सुनको भाउमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तो
शुक्रबार ५ मङ्सिर, २०८३
फिफा र एएफसीका शीर्ष अधिकारीसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फाको प्रतिबन्ध फुकुवा हुनेमा सकारात्मक संकेत
शुक्रबार ५ मङ्सिर, २०८३
राखेपले गर्यो एन्फामाथिको सम्पूर्ण प्रतिबन्ध फुकुवा
बिहिबार ४ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०