विराटनगर । अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’को उपाधिबाट सम्मानित गरिने भएको छ ।
रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार आयोजना गर्न लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’को कार्यक्रममा उनलाई उक्त उपाधि दिन लागिएको हो ।
नेपाली फिल्म क्षेत्रमा अभिनय कर्ममार्फत साढे तीन दशकभन्दा लामो समयदेखि योगदान पुर्याउँदै आएकी सिंह बहुप्रतिभाशाली अभिनेत्रीका रूपमा परिचित छिन् ।
सन् १९९३मा तुलसी घिमिरे निर्देशित फिल्म दक्षिणाबाट अभिनय यात्रा सुरु गरेकी सिंहले रहर, मितज्यू, दर्पणछायाँ, आफन्त, आफ्नो मान्छेलगायत दर्जनौँ फिल्ममा अभिनय मार्फत नेपाली फिल्म क्षेत्रमा विशेष स्थान बनाएकी छन् ।
यसअघि अभिनेत्रीहरु करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई मानार्थ मिसेस नेपाल वल्र्डबाट सम्मानित गरिएको थियो ।