पोर्चुगल कतार विश्वकप छनोट नजिक, वेल्स र स्विडेन पनि विजयी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ चैत, २०७८
४ वर्षअघि
छनोट नजिक

पोर्चुगल एसियाली राष्ट्र कतारमा नोभेम्बरदेखि सुरु हुने फिफा विश्वकप छनोट नजिक पुगेको छ ।

छनोटको प्ले अफ खेलमा टर्कीमाथि ३–१ गोल अन्तरको सहज जित निकाल्दै पोर्चुगल विश्वकपनजिक पुगेको हो ।

पोर्टोमा भएको प्ले अफको सेमिफाइनल खेलमा पोर्चुगललाई जिताउन अतभियो एड्मिल्सन डा सिल्भा मोन्टेइरो, डिएगो जोटा र माथेअस नुनेसले एक–एक गोल गरे ।

टर्कीका बुराक इल्माजले एक गोल गरे ।

खेलको १५औं मिनेटमा मोन्टेइरोको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो ।

४२औं मिनेटमा डिएगो जोटाले मोन्टेइरोकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे ।

६५औं मिनेटमा बुराक यिल्माजले सेन्गुइज अन्डरको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

८५औं मिनेटमा बुराक पेनाल्टीमा चुक्दा टर्की बराबरीबाट चुक्यो ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा म्याथिएस लुइजले राफयल लियोको पासमा गोल गर्दै जित पक्का गरे ।

टर्कीमाथि ३-१ गोलको सहज जित निकालेसँगै पोर्चुगल प्ले अफको फाइनलमा प्रवेश गरेको छ ।

अब पोर्चुगलले प्ले अफको फाइनलमा नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्ने छ ।

नर्थ म्यासेडोनियाले बिहीबार राति नै युरो २०२० को च्याम्पियन इटालीलाई १–० ले स्तब्ध पार्दै फाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगल र नर्थ म्यासेडोनियाबीचको खेल २९ मार्चमा हुनेछ ।

यस्तै, गएराति भएको अर्को खेलमा वेल्सले अस्ट्रियामाथि जित निकाल्यो ।

रोपियन छनोटको प्ले अफ खेलमा अस्ट्रियालाई २–१ गोलले हराउँदै वेल्सले कतार यात्राको सम्भावना जीवित राखेको हो ।

घरेलु मैदानमा वेल्सलाई जिताउन ग्यारेथ बेलले दुई गोल गरे भने अस्ट्रियाका मार्सल सबिट्जेरले एक गोल फर्काए ।

अब, उसले विश्वकप छनोटमा हुन स्कटल्यान्ड र युक्रेनबीचको विजेता टिमको सामना गर्ने छ ।

प्ले अफकै अर्को खेलमा स्विडेनले चेक रिपब्लिकलाई हराउँदै फाइनलमा स्थान बनायो ।

स्विडेनले चेक रिपब्लिकलाई १–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

स्विडेनले घरेलु मैदानमा अतिरिक्त समयमा चेक रिपब्लिकमाथि जित दर्ता गरेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा रोबिन क्वाइसनले गोल गर्दै स्विडेनलाई जिताए ।

अब, फाइनलमा उसले पोल्यान्डविरुद्ध खेल्ने छ ।

पोल्यान्ड भने रसियासँगको खेल रद्द भएसँगै फाइनलमा प्रवेश गरेको हो ।

यो खेलमा जित निकालेमा स्विडेन विश्वकपमा छनोट हुने छ ।

यो पनि :

युरोपियन च्याम्पियन इटाली लगातार दोस्रो पटक विश्वकपमा पुग्न असफल

प्रकाशित समय: शुक्रबार ११ चैत, २०७८, ०८:१६:५३
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०