युरोपियन च्याम्पियन इटाली लगातार दोस्रो पटक विश्वकपमा पुग्न असफल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ चैत, २०७८
१ वर्षअघि
युरोपियन च्याम्पियन

युरोपियन च्याम्पियन राष्ट्र इटाली लगातार दोस्रो पटक फिफा विश्वकप फुटबलमा पुग्न असफल बनेको छ ।

विश्वकप छनोटअन्तर्गत बिहीबार राति प्ले अफ खेलमा नर्थ म्यासेडोनियासँग १-० ले पराजित भएपछि इटालीको विश्वकपमा यात्रा असफल भएको हो ।

इटालीले रसियामा भएको गत संस्करणको विश्वकप खेल्न पाएको थिएन ।

सन् २०१८ काे विश्वकपमा छनोट हुन असफल इटाली नर्थ मासेडोनियासँग प्ले अफमा पराजित भएसँगै कतारमा हुने आसन्न विश्वकप खेल्न असफल भएको हो ।

इटाली युरोपियन छनोटबाट सिधै विश्वकपमा पुग्न असफल भएको थियो । जसको कारण प्ले अफ खेलेको हो ।

गएराति इटालीमा भएको खेलमा नर्थ म्यासेडोनियालाई जित दिलाउन एलेकसान्डर ट्राज्कोभास्कीले निर्णायक गोल गरे ।

ट्राज्कोभास्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

एलेकसान्डर ट्राज्कोभास्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट सानदार गोल गरेपछि मासेडोनियाको बेन्चमा उल्लासको वातावरण बनेको थियो ।

इटालीका खेलाडी र अफिसियल भने घरेलु समर्थकका अगाडि घुँडा टेकेर निराश देखिएका थिए ।

यो हारको अर्थ इटाली लगातार दोस्रो पल्ट विश्वकपमा छनोट हुन असफल भएको हो ।

विश्व फुटबलको महामेलामा चार पल्टको विश्व विजेता इटलीले कम्तिमा १२ वर्ष प्रतीक्षा गर्नुपर्ने भएको छ ।

आठ महिनाअघि मात्र रोवर्टो मान्सिनी प्रशिक्षित इटलीले युरो-२०२० को फाइनलमा इङ्ग्ल्यान्डलाई उसकै मैदान वेम्बलीमा हराउँदै सानदार सफलता प्राप्त गरेको थियो ।

बिहीबार राति इटलीले अधिकांश समय खेल नियन्त्रणमा राखेको थियो ।

सुदृढ मासेडोनियाली रक्षापंक्तिको अगाडि इटलीको ३२ प्रहार र ५ सट अन टार्गेट असफल भयो ।

वरीयतामा ६७औं स्थानमा रहेको मासेडोनियाले युरोपेली प्लेअफको फाइनलमा पोर्चुगलसँग खेल्ने छ ।

युरोपियन छनोटको प्ले अफ खेलमा टर्कीलाई ३–१ गोलले हराउँदै पोर्चुगल विश्वकप नजिक पुगेको छ ।

पोर्टोमा भएको प्ले अफको सेमिफाइनल खेलमा पोर्चुगललाई जिताउन अतभियो एड्मिल्सन डा सिल्भा मोन्टेइरो, डिएगो जोटा र माथेअस नुनेसले एक–एक गोल गरे ।

टर्कीका बुराक इल्माजले एक गोल गरे ।

फिफा विश्वकप नोभेम्बर र डिसेम्बरमा कतारमा हुँदै छ ।

यसपटकको विश्वकप २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म चल्ने छ ।

विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपका खेलहरू समरमा नभई विन्टरमा हुन लागेको हो ।

प्रकाशित समय: शुक्रबार ११ चैत, २०७८, ०८:०२:०९
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८