युरोपियन च्याम्पियन इटाली लगातार दोस्रो पटक विश्वकपमा पुग्न असफल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ चैत, २०७८
४ वर्षअघि
युरोपियन च्याम्पियन

युरोपियन च्याम्पियन राष्ट्र इटाली लगातार दोस्रो पटक फिफा विश्वकप फुटबलमा पुग्न असफल बनेको छ ।

विश्वकप छनोटअन्तर्गत बिहीबार राति प्ले अफ खेलमा नर्थ म्यासेडोनियासँग १-० ले पराजित भएपछि इटालीको विश्वकपमा यात्रा असफल भएको हो ।

इटालीले रसियामा भएको गत संस्करणको विश्वकप खेल्न पाएको थिएन ।

सन् २०१८ काे विश्वकपमा छनोट हुन असफल इटाली नर्थ मासेडोनियासँग प्ले अफमा पराजित भएसँगै कतारमा हुने आसन्न विश्वकप खेल्न असफल भएको हो ।

इटाली युरोपियन छनोटबाट सिधै विश्वकपमा पुग्न असफल भएको थियो । जसको कारण प्ले अफ खेलेको हो ।

गएराति इटालीमा भएको खेलमा नर्थ म्यासेडोनियालाई जित दिलाउन एलेकसान्डर ट्राज्कोभास्कीले निर्णायक गोल गरे ।

ट्राज्कोभास्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

एलेकसान्डर ट्राज्कोभास्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट सानदार गोल गरेपछि मासेडोनियाको बेन्चमा उल्लासको वातावरण बनेको थियो ।

इटालीका खेलाडी र अफिसियल भने घरेलु समर्थकका अगाडि घुँडा टेकेर निराश देखिएका थिए ।

यो हारको अर्थ इटाली लगातार दोस्रो पल्ट विश्वकपमा छनोट हुन असफल भएको हो ।

विश्व फुटबलको महामेलामा चार पल्टको विश्व विजेता इटलीले कम्तिमा १२ वर्ष प्रतीक्षा गर्नुपर्ने भएको छ ।

आठ महिनाअघि मात्र रोवर्टो मान्सिनी प्रशिक्षित इटलीले युरो-२०२० को फाइनलमा इङ्ग्ल्यान्डलाई उसकै मैदान वेम्बलीमा हराउँदै सानदार सफलता प्राप्त गरेको थियो ।

बिहीबार राति इटलीले अधिकांश समय खेल नियन्त्रणमा राखेको थियो ।

सुदृढ मासेडोनियाली रक्षापंक्तिको अगाडि इटलीको ३२ प्रहार र ५ सट अन टार्गेट असफल भयो ।

वरीयतामा ६७औं स्थानमा रहेको मासेडोनियाले युरोपेली प्लेअफको फाइनलमा पोर्चुगलसँग खेल्ने छ ।

युरोपियन छनोटको प्ले अफ खेलमा टर्कीलाई ३–१ गोलले हराउँदै पोर्चुगल विश्वकप नजिक पुगेको छ ।

पोर्टोमा भएको प्ले अफको सेमिफाइनल खेलमा पोर्चुगललाई जिताउन अतभियो एड्मिल्सन डा सिल्भा मोन्टेइरो, डिएगो जोटा र माथेअस नुनेसले एक–एक गोल गरे ।

टर्कीका बुराक इल्माजले एक गोल गरे ।

फिफा विश्वकप नोभेम्बर र डिसेम्बरमा कतारमा हुँदै छ ।

यसपटकको विश्वकप २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म चल्ने छ ।

विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपका खेलहरू समरमा नभई विन्टरमा हुन लागेको हो ।

प्रकाशित समय: शुक्रबार ११ चैत, २०७८, ०८:०२:०९
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०