महिला लिगमार्फत १३ महिनापछि मैदान फर्किँदै सावित्रा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० चैत, २०७८
४ वर्षअघि
महिला लिग

नेपाली महिला फुटबलकी सुपरस्टार सावित्रा भण्डारी (साम्बा) बिहीबारबाट सुरु हुने राष्ट्रिय महिला लिगमार्फत मैदान फर्किने तयारीमा छन् ।

दोस्रो संस्करणको राष्ट्रिय महिला लिग फुटबल बिहीबार (आज) देखि चितवनमा सुरु हुँदै छ ।

लिगको उद्घाटन खेलमा विभागीय टोली साविक विजेता एपिएफ र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

सोही खेलमार्फत् सावित्रा मैदान फर्किन लागेकी हुन् ।

गत वर्ष लिगअन्तर्गत विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबविरुद्धको खेलमा घुँडामा गम्भीर चोट लागेपछि उनी मैदानबाहिर रहँदै आएकी थिइन् ।

साम्बाले १३ महिनापछि मैदानमा कमब्याक गर्ने भएकी हुन् ।

२४ वर्षीया साम्बाले दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्टको गम्भीर चोट बोकेकी थिइन् ।

गत वर्ष फागुनमा राष्ट्रिय महिला लिग खेल्ने क्रममा उनले चोट बोकेकी थिइन् ।

३ फागुन २०७७ मा चोट बोकेकी उनले त्यसयता मैदान प्रवेश गर्न पाएकी थिइनन् ।

सावित्राको गत असारमा कतारको दोहास्थित अस्पेटारमा शल्यक्रिया भएको थियो ।

शल्यक्रियापछिको रिह्याब सकेर सावित्रा झन्डै डेढ महिनाअघि स्वदेश फर्केकी थिइन् ।

त्यसयता उनी लगातार एपिएफको प्रशिक्षणमा सामेल भइरहेकी छन् ।

उपाधि रक्षाको अभियानमा सशस्त्र प्रहरी बलको एपिएफलाई साम्बाको पुनरागमन महत्वपूर्ण हुन सक्छ ।

आजदेखि सुरु हुने लिगको पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्नेछन् ।

उद्घाटनको दिन निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भरतपुर महानगरपालिकाको सहकार्यमा लिगका पहिलो चरणका खेलहरू चितवनमा सञ्चालन गर्न लागेको हो ।

दोस्रो चरणका खेल विराटनगरमा हुने एन्फाले जनाएको छ ।

लिगमा समावेश ५६ खेलमध्ये पहिलो चरणका २८ खेल कृष्णपुर खेल मैदान र भरतपुर–१९ को खेल मैदानमा हुने छन् ।

बाँकी खेल विराटनगरमा हुने छन् ।

लिगमा तीन भिागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र शशस्त्र प्रहरी बल (एपिएफ) सहित, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ ।

उद्घाटन खेल दिउँसो ४ बजेबाट सुरु हुने छ ।

लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउने छ ।

तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ ।

यस्तै फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउने छ ।

लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राइकरले समान ५०–५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् ।

हरेक खेलको प्लयर अफ दि म्याचले १० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित समय: बिहिबार १० चैत, २०७८, ०८:०४:११
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०