एनएसएल तोकिएकै समयमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ चैत, २०७८
४ वर्षअघि
एनएसएल

नेपाली फुटबल फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) चैत २५ देखि नै आयोजना हुने निश्चित भएकाे छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्न अनुमति दिएसँगै विवादीत बनेकाे एनएसएल ताेकिएकै मितिबाट आयोजना हुने भएकाे हाे ।

एन्फाले बुधबार एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई प्रतियोगिता आयोजना गर्नका लागि चैत २५ देखि जेठ १ सम्मको लागि स्वीकृति प्रदान गरेको छ ।

‘ए’ डिभिजन क्लबहरुसँग छलफल गरी एन्फाले समाधान निकालेपछि लिग निर्धारित समयमै आयोजना हुने भएको हो ।

एन्फाले बुधबार एनएसएलको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसइएम) प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्मालाई पत्र पठाउँदै आयोजनाको लागि अनुमति प्रदान गरेको जानकारी पनि गराएको छ ।

एनएसएलका कारण उत्पन्न विवाद समाधानका लागि एन्फाले अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

एनएसएलका कारण फुटबलमा अन्यौलता बढेको भन्दै विरोधमा रहेका ‘ए’ डिभिजनका चार क्लबका प्रतिनिधि र एनएसएल आयोजकसँग बुधबार कार्यदलले छुट्टा छुट्टै छलफल गरेको थियो ।

एनएसएल र ए डिभिजन क्लबबीचकाे विवाद सतहमा नै देखिएपछि एन्फा विवाद समाधान गर्नतर्फ अग्रसर भएकाे थियाे ।

ए डिभिजन लिग सकिएलगत्तै खेलाडीहरु बिना जानकारी एनएसएल क्लमा अनुबन्धित भएकाे भन्दै ए डिभिजन क्लबहरुले आपत्ति जनाएका थिए ।

त्यसलगत्तै एन्फाले एनएसएललाई खेलाडीको अक्सन रोक्न पत्राचार गरेपनि आयोजकले अक्सन रोकेका थिएनन् । सम्पूर्ण तयारी भइसकेकाे भन्दै एनएसएलले
ताेकिएकै मिति र स्थानमा अक्सन सम्पन्न गर्याे ।

तर त्यसपछि भने एनएसएल आयाेजक केही लचिलाे देखिएका थिए । एनएसएल–ए डिभिजन क्लब विवाद उत्कर्षमा पुगेपछि एन्फाले एनएसएलको खेल तालिका ड्र गर्न रोक्न निर्देशन दिएकाे थियो ।

एन्फाकाे निर्देशन मान्दै ड्र राेकेकाे एनएसएसलले अन्ततः ताेकिएकै मितिमा प्रतियाेगिता आयाेजना गर्न अनुमति पाएकाे छ ।

अक्सनमा रहेका खेलाडी ‘ए’ डिभिजन क्लबमा अनुबन्ध रहेकोले खेलाडी रिलिज नभई एनएसएलमा अनुबन्ध नगराउन क्लबहरुले माग गर्दै आएका छन् ।

एन्फाले यसपटकको एनएसएल आयोजना पछि अहिलेको सम्झौता स्वत खारेज हुने पनि जनाएको छ ।

यसपटक एनएसएलमा विभिन्न शहरका १० वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टोलीले मार्की खेलाडीसँगै अक्सनबाट एक सय ५० नेपाली खेलाडी टाेलिमा भित्र्याइसकेका छन् ।

याे पनिः https://shabdaexpress.com/2022/03/46213/

प्रकाशित समय: बुधबार ९ चैत, २०७८, १९:४६:१०
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार ११ जेठ, २०८३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०