एनएसएलको अक्सन स्थगित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ फाल्गुण, २०७८
५ वर्षअघि

नेपाल सुपर लिग (एनएसएल) को खेलाडी किनबेच (अक्सन) स्थगित भएको छ ।

एनएसएलको अक्सन शुक्रबार (भोलि) हुने तय भएको थियो ।

तर, केही समस्याका कारण सो अक्सन स्थगित भएको बताइएको छ ।

यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले  आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टलाई एनएसएलको अक्सन रोक्न आग्रह गरेको थियो ।

एन्फाले बिहीबार आयोजकलाई पत्र पठाउँदै अक्सन रोक्न आग्रह गरेको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले अक्सन रोक्न आग्रह गरिएको बताए ।

पछिल्लो समय खेलाडी अनुबन्धको विषयमा सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरू आसन्न एनएसएलको विरोधमा उत्रिएका छन् ।

आफ्ना खेलाडी अनुबन्धनको विषयमा उनीहरूले विज्ञप्ति जारी गर्दै उनीहरूले विरोध जनाएका हुन् ।

‘ए’ डिभिजन लिगको समाप्तिपछि मोफसलमा पनि प्रतियोगिता बाँकी रहकाले क्लबको स्वीकृतिबिना अन्य प्रतियोगितामा क्लबमा करार नगर्न भन्दै उनीहरूले एनएसएलको विरोध गरेका हुन् ।

लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित आठ क्लबले बुधबार प्रेस विज्ञप्ति निकाल्दै क्लबको अनुमति बिना क्लबमा कानुनी रुपमा आबद्द खेलाडीको अक्सन गर्न लागेको भन्दै ध्यानाकर्षण भएको जनाएको थियो ।

विरोध जनाउने अन्य क्लबमा न्युरोट टिम एनआरटी, मनाङ मर्स्याङ्दी,सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब रहेका छन् ।

महसचिव तुलाधरले एनएसएल र ए क्लबको विवाद देखिनुमा एन्फाको कमजोरी भएको समेत स्वीकार गरे ।

एनएसएलका लागि केही क्लबले आफ्ना मार्की खेलाडी अनुबन्धन गरिरहेका छन् ।

पहिलोपटक एनएसएलमा सहभागिता जनाउन लागेको झापाले आइतबारमात्र मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टलाई मार्की खेलाडीका रूपमा भित्र्याएको थियो ।

यस्तै, बिहीबार मात्र विराटनगर सिटी एफसीले मार्की खेलाडीमा रन्जित धिमाललाई निरन्तरता दिएको छ ।

रन्जित पहिलो सिजनमा समेत मार्की खेलाडी रहेका थिए ।

चैत २६ देखि जेठ ७ गतेसम्म सञ्चालन हुने फ्रेन्चाईज फुटबल लिग एनएसएल हुँदै छ ।

एन्फाको प्राविधिक सहयोगमा हुने एनएसएलमा यसपाली १० टोली सहभागी हुने तयारीमा छन् ।

गत संस्करणमा सात टोलीको मात्रै सहभागिता थियो ।

प्रतियोगिताका खेलहरू पोखरा र काठमाडौँमा खेलाइने पनि बताइएको छ ।

यो पनि:

अरुणा र विराज सर्वोत्कृष्ट खेलाडी घोषित

प्रकाशित समय: बिहिबार १९ फाल्गुण, २०७८, २१:०१:२७
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०