लेटाङ क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ चैत, २०७८
४ वर्षअघि
कर्फ्यू

स्थानीय र प्रहरीबीचको झडपपछि स्थिती तनावपूर्ण बनेकाले थप क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यूको आदेश जारी गरेको छ ।

प्रशासन कार्यालय मोरङले आज (सोमबार) बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको बताएको हो ।

आइतबार लेटाङ ५ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउन गर्न मोरङ प्रहरी टोली पुगेको थियो ।

विद्यालयमा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक पौडेललाई पक्राउ गर्न लेटाङ पुगेको प्रहरी टोली र स्थानीयबीच दिनभर झडप भएको थियो ।

शुक्रबार छात्रामाथि यौन दुर्व्यवहारकाे आरोप लागेका शिक्षक पौडेल आइतबार विद्यालयमा उपस्थित भएको थाहा पाएपछि स्थानीयले विद्यालय घेराउ गरी पौडेललाई विद्यालयबाहिर निकालेर कुटपिट गर्न खोजेपछि स्थिती तनावपूर्ण भएको थियो ।

दिनभर स्थानीयले अवरोध गरेपछि राती आरोपित शिक्षकलाई लिएर लेटाङबाट विराटनगर आउने क्रममा प्रहरी टोलीमाथि स्थानीय जाइलागेका थिए ।

सो आक्रमणमा परी एक प्रहरी जवानको मृत्यु भएको छ भने स्थानीय र प्रहरी गरी दुई दर्जनबढी घाइते भएका छन् ।

घटनामा घाइते भएकाहरुको मोरङ्गका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

राती घटनाले उग्र रुप लिएकाले स्थितीलाई नियन्त्रणमा लिन मोरङ्ग प्रशासनले लेटाङको पूर्वमा मोरङ्गे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्र, उत्तरमा ६ नम्बर वडा कार्यालय क्षेत्र र लेटाङ वडा ३ र ४ को पश्चिम गङ्गे चोक र कमलपुर क्षेत्रमा अनिश्चितकालिन कफ्र्यू जारी गरेको हो ।

कर्फ्यू जारी भएसँगै लेटाङ क्षेत्रको स्थिती सामान्य रहेको प्रदेश १ प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रदेश १ का प्रमुख अरुणकुमार बिसीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको र लेटाङ क्षेत्रमा थप क्षति हुन नदिन गरी कडा सुरक्षा व्यवस्था गरिएको छ ।

प्रकाशित समय: सोमबार ७ चैत, २०७८, ०८:५२:०६
कोशी प्रदेशका कानुनमन्त्रीको निवासमा मध्यरात किन पुग्यो प्रहरी ?
शुक्रबार ५ असार, २०८३
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
शुक्रबार ५ असार, २०८३
माग नसुनिएको भन्दै हर्क साम्पाङको प्रश्न,ढुङ्गाको देश हो कि मान्छेको ?
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
शुक्रबार ५ असार, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक
शुक्रबार ५ असार, २०८३
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने
शुक्रबार ५ असार, २०८३
अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित
शुक्रबार ५ असार, २०८३
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०