झापा गाेल्डकपकाे उपाधि छिनाेफानाे भाेलि हुने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २९ फाल्गुण, २०७८
४ वर्षअघि
झापा गाेल्डकपकाे

माेफसलकाे चर्चित फुटबल प्रतियाेगिता झापा गाेल्डकपकाे उपाधि रक्षा गर्न आफूहरु तयार रहेकाे फाइनल पुग्ने दुवै टाेलीः त्रिभुवन आर्मी र आयाेजक झापा ११ ले बताएका छन् ।

फाइनलअघि भएकाे प्रि–म्याच कन्फरेन्समा बाेल्दै दुवै टाेलीले यस्ताे बताएका हुन् ।

पाँचाैँ संस्करणकाे झापा गाेल्डकपकाे उपाधिकाे छिनाेफानाे भाेलि हुँदैछ ।

विर्तामाेडस्थित डाेमालाल राजवंशी रङ्शालामा भाेलि मध्यान्ह १२ बजे सुरु हुने फाइनल खेलमा उपाधि जित्न आफूहरु तयार रहेकाे दुवै टाेलीका प्रशिक्षकहरुले बताएका छन् ।

आयाेजक झापा–११ का प्रशिक्षक सन्ताेष गुरुङले आफ्नाे टाेली यसपटक उपविजेता नबन्ने तयारीमा रहेकाे स्पष्ट पारेका छन् । त्यसका लागि झापाले स्टार खेलाडी भित्र्याएकाे र उपाधि आफ्नाे  टाेलीकाे पक्का भएकाे उनले दाबी गरे ।

‘हामी चारपटकसम्म उपविजेतामा चित्त बुझाएका टाेली हाैँ’ प्रि–म्याच कन्फरेन्समा बाेल्दै उनले बताए, ‘यसपटक जित निकाल्छाैँ र ट्रफी घरमै राख्छाैँ ।’

यस्तै, त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नविन न्याैपानेले भने झापाभन्दा आफ्नाे टाेली बढि नै सन्तुलित भएका कारण जित आफ्नाे हुने तर्क गरे ।

‘झापा क्लेक्टिभ टाेली हाे, अन्य खेलाडी ल्याइएर बनाइएकाे’ प्रशिक्षक न्याैपानेले भने, ‘हामीले लामाे समयदेखि खेल्दै आइरहेका छाैँ, दिन प्रतिदिन खेल सुधार भइरहेकाे त्यसैलै उपाधि हामीले जित्ने निश्चित छ ।’

आर्मी सेमिफाइनलमा ए डिभिजन क्लब सातदाेबाटाे युथ क्लबलाई  हराउँदै फाइनल प्रवेश गरेकाे हाे भने झापाले सेमिफाइनलमा सङ्कटालाई पाखा लगाएकाे थियाे ।

आयाेजक झापा प्रतियाेगिताकाे हरेक संस्करणकाे फाइनल पुग्ने एक मात्र टाेली हाे । पाँचाैँ संस्करणसम्म आइपुग्दा चार पटक फाइनल पुगे पनि झापाले उपाधि जित्न सकेकाे छैन ।

यता झापाकाे भाेलिकाे प्रतिद्वन्द्वी आर्मी भने प्रतियाेगिताकाे सर्वाधिक सफल टाेली हाे । हालसम्म तीन पटक गाेल्डकपकाे फाइनल पुगेकाे आर्मीले तीनै पटक गाेल्डकपकाे उपाधि उचालि सकेकाे छ ।

यस संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाउनेछन् ।

त्यसबाहेक व्यक्तिगत विधातर्फ उत्कृष्ट गाेलरक्षक, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतियाेगिता आयोजक समिति अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियाेगिताका सर्वाधिक गाेलकर्तालाई नगद २५ हजार दिइनेछ भने  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।

भाेलि हुने फाइनल खेल हेर्न नेपाली पुरुष राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी समेत झापा आउने भएका छन् ।

अब्दुल्लाह आफैंले सामाजिक सञ्जालमा पाेस्ट गर्दै यसकाे पुष्टि गरिसकेका छन् ।

प्रकाशित समय: आईतबार २९ फाल्गुण, २०७८, २१:०५:५२
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०