मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

क्रिस्टियानो रोनाल्डो डोस सान्टोस एभेइरो, जसलाई सामान्यतया क्रिस्टियानो रोनाल्डो वा सिआर सेभेन भनेर चिनिन्छ । उनी विश्वको सबैभन्दा प्रसिद्ध खेलाडीहरू मध्ये एक हुन् । सन् १९८५ फेब्रुअरी ५ मा एक मजदुर वर्गको परिवारमा जन्मिएका रोनाल्डोको बाल्यकाल कठिनाईले ढाकेको थियो ।

रोनाल्डोकाे बाल्यकाल हेर्दा साधारण परिवारबाट आएका थिए । घर छोडेर आफ्नो सपना पछ्याएका रोनाल्डो १२ वर्षको उमेरमा माडेराबाट लिस्बन पुगेका थिए । पोर्चुगलको मडेइराको सानो टापुमा नम्र सुरुवातबाट उनको यात्रा विश्वव्यापी फुटबल आइकन बन्न असाधारण भन्दा कम छैन ।

उनको बचपनको संघर्षदेखि फुटबल मैदानमा उनको अभूतपूर्व सफलता, विश्वव्यापी चर्चा कायमै छ । आजको फुटबल संसारमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी दुई यस्ता नाम हुन्, जसले एउटा पुस्तालाई मात्र होइन, सम्पूर्ण फुटबलको परिभाषा नै बदलिदिएका छन् ।

तर फुटबल समर्थकमाझ सबैभन्दा धेरै बहस हुने विषयमध्ये एक हो मेस्सी कि रोनाल्डो ?

यस विषयमा मेस्सी र रोनाल्डोका समर्थकहरूबीच सधैंजसो विवाद हुने गर्छ । दुवै खेलाडीका समर्थकहरूले आ-आफ्ना खेलाडीलाई गोट (ग्रेटेस्ट अफ अल टाइम) मान्छन् । यी दुई खेलाडीहरूको तुलना वर्षौंदेखि चलिरहेको छ, र अझै पनि जारी छ । दुवै जना आफ्नो खेलमा अत्यन्तै निपूण र महान खेलाडी हुन् ।

उनीहरूले आफ्नो करियरभर अद्भुत कौशल, मेहनत र उत्कृष्ट प्रदर्शन देखाउँदै आएका छन् । हावाको गतिमा दौडिने यी खेलाडीहरूले विश्व फुटबलमा छुट्टै पहिचान बनाएका छन् । आफ्ना-आफ्ना फ्यानका नजरमा दुवै खेलाडी उत्तिकै महान मानिन्छन् । मेस्सी र रोनाल्डोलाई प्रायः एकअर्काको विपरीत चरित्रका रूपमा चित्रण गरिन्छ ।

एकातिर अद्भुत ड्रिब्लिङ र खेल निर्माण गर्ने मेस्सी, अर्कोतिर शारीरिक क्षमता, गति र गोल गर्ने असाधारण दक्षताका धनी रोनाल्डो । तर समयको सत्य के हो भने खेलाडीहरू पनि उमेरसँगै बदलिन्छन्, र उनीहरूको भूमिका पनि त्यहीअनुसार परिवर्तन हुन्छ । अहिले क्रिस्टियानो रोनाल्डो ४१ वर्षका भएका छन् । तर अझै पनि धेरै समर्थकहरूले उनीसँग २० वर्षे प्राइम रोनाल्डोजस्तै प्रदर्शनको अपेक्षा गर्छन् ।

तर अहिलेको अवस्थामा रोनाल्डोलाई प्राइम अवस्थासँग तुलना गर्नु उचित हुँदैन । यस्तो अपेक्षाले उनीमाथि कति ठूलो मानसिक दबाब पर्छ भन्ने कुरा धेरैले महसुस पनि गर्दैनन् । रोनाल्डो भने फिजिकल डोमिनेसन, स्ट्यामिना र स्ट्रेन्थमा आधारित खेलाडी हुन् । उनको मेहनत र अनुशासनलाई संसारले सधैं प्रशंसा गरेको छ । तर यथार्थ के हो भने उमेर बढेसँगै शरीरले पहिले जस्तो साथ दिन सक्दैन । मनले चाहे पनि अब उनको शरीर प्राइम रोनाल्डोजस्तो गति र प्रेसरमा खेल्न तयार हुँदैन ।

तर अहिले उनीसँग प्राइम रोनाल्डोजस्तै प्रदर्शनको अपेक्षा गर्नु भनेको अनावश्यक दबाब सिर्जना गर्नु हो । त्यस्तै, फरक खेल शैली भएका र ३८ वर्षका लियोनल मेस्सीसँग निरन्तर तुलना गर्नु पनि उनीमाथि थप दबाब नै हो । मेस्सीले २०२२ को विश्वकप जितेर आफ्नो देश अर्जेन्टिनाका लागि ऐतिहासिक उपलब्धि हासिल गरिसकेका छन् । तर रोनाल्डोले भने अहिलेसम्म कुनै पनि विश्वकप ट्रफी जित्न सकेका छैनन् ।

यही कारणले पनि उनको सन् २०२६ कोअन्तिम विश्वकप यात्रालाई अझ विशेष र महत्त्वपूर्ण रूपमा हेरिएको छ । यो विश्वकप जित्न उनको लागि सुनौलो अवसर पनि हो । यदि प्रतियोगिताको पछिल्लो चरणमा अर्जेन्टिना र पोर्चुगल आमनेसामने भए भने, फुटबलले इतिहासकै सबैभन्दा महान प्रतिस्पर्धाको अन्तिम दृश्य हेर्न पाइनेछ ।

सायद ‘सर्वकालीन महान’ को बहस कहिल्यै टुंगिने छैन । तर एउटा कुरा निश्चित छ,मेस्सी र रोनाल्डोले फुटबललाई यस्तो युग दिएका छन्, जसको चर्चा आगामी पुस्ताले पनि गरिरहनेछ । रोनाल्डोको इच्छा आफ्नो देशका लागि अन्तिम प्रयास गर्ने हो । यसपटक पोर्चुगललाई पनि धेरैले उपाधिको दावेदारका रूपमा हेरेका छन् ।

त्यसैले रोनाल्डोबाट पुरानो जस्तो गोलको वर्षा वा ड्रिब्लिङको अपेक्षा गर्नुभन्दा पनि उनको अन्तिम विश्वकप यात्रालाई सम्मानका साथ हेरेर मज्जा लिनु नै उपयुक्त हुन्छ । २० अगस्ट २००३ मा १८ वर्षको उमेरमा पोर्चुगलका लागि डेब्यु गरेका रोनाल्डो आफ्नो देशका सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडी हुन् ।

सन् २००६ को जर्मनी विश्वकप त्यही प्रतियोगिता हो, जहाँ रोनाल्डोले विश्वकपमा ‘डेब्यु’ गरेका थिए । त्यतिबेला उनी म्यानचेस्टर युनाइटेडका उदाउँदा स्टार थिए । उनले २००६ को इङ्ग्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा निर्णायक पेनाल्टी गोल गरेर पोर्चुगललाई सेमिफाइनल पुर्‍याएका थिए । २०१० को विश्वकपमा रोनाल्डो विश्वकै महँगा खेलाडी बनिसकेका थिए ।

२०१४ को विश्वकपमा घानाविरुद्ध रोनाल्डोले गोल गरेर लगातार तीन फरक विश्वकपमा गोल गर्ने पहिलो पोर्चुगिज खेलाडी बने । उनी विश्व फुटबलका सर्वश्रेष्ठ खेलाडीमध्येमा गनिन्थे । २०१८ विश्वकपको पहिलो खेलमै उनले स्पेनविरुद्ध विरुद्ध शानदार ह्याट्रिक गरेका थिए । त्यँही विश्वकप मोरक्कोविरुद्ध खेलमा पाँचौं मिनेटमै गोल गर्दै युरोपका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बने रोनाल्डो ।

२०२२ विश्वकपमा घानाविरुद्ध गोल गर्दै रोनाल्डो विश्वकपका पाँच अलग-अलग संस्करणमा गोल गर्ने इतिहासकै पहिलो पुरुष खेलाडी बने ।रोनाल्डोको नाममा च्याम्पियन्स लिगमा सर्वाधिक गोल १४० र असिस्ट ४२, युरोपियन च्याम्पियनसिप गोल १४ र असिस्ट ८ र पोर्चुगलका लागि २२६ खेल खेल्ने क्रममा रोनाल्डोले कीर्तिमानी १४३ गोल गरिसकेका छन् ।

उनी चार विभिन्न क्लबहरूको लागि १०० भन्दामाथि गोल गर्ने एक मात्र खेलाडी हुन् र ९६० भन्दा बढी करियर गोलहरूको साथ सबै समयको अग्रणी गोल स्कोरर हुन् । पाँच पटकका बालन डी अर विजेता रोनाल्डो विश्व फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् ।

प्रकाशित समय: बिहिबार ४ असार, २०८३, १२:२७:१५

सम्बन्धित खबर

रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?

बिहिबार ४ असार, २०८३
३ घण्टाअघि

इंग्ल्यान्डको आक्रामक खेल, क्रोएसियाविरुद्ध निकाल्यो सानदार रोमाञ्चक जित

बिहिबार ४ असार, २०८३
६ घण्टाअघि

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको बराबरी, कंगोले बनायो रेकर्डधारी अंक

बिहिबार ४ असार, २०८३
६ घण्टाअघि

विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा

आईतबार ३१ जेठ, २०८३
४ दिनअघि

विश्वकपमा जर्मनीको नयाँ परीक्षा, इतिहास रच्न तयार कुराकाओ

आईतबार ३१ जेठ, २०८३
४ दिनअघि
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
बिहिबार ४ असार, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ
बिहिबार ४ असार, २०८३
लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०