कुन्हाको दुई गोलमा हाइटीमाथि ब्राजिलको सहज जित, तेस्रोबाट पहिलो स्थानमा छलाङ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ६ असार, २०८३
३ महिनाअघि

एजेन्सी । पाँच पटकको विश्वविजेता ब्राजिलले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा हाइटीलाई ३–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । फिलाडेल्फियास्थित लिंकन फाइनान्सियल फिल्डमा शनिबार बिहान भएको खेलमा माटेउस कुन्हाले दुई गोल गर्दा भिनिसियस जुनियरले एक गोल थपे ।

मोरक्कोसँग पहिलो खेलमा १–१ को बराबरी खेलेको ब्राजिलले यसपटक सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्‍यो । खेलको २३औँ मिनेटमा भिनिसियसको प्रहार हाइटीका गोलरक्षक जोनी प्लासिडले रोके पनि फर्किएको बललाई कुन्हाले जाली चुमाउँदै ब्राजिललाई अग्रता दिलाए । त्यसपछि ३६औँ मिनेटमा भिनिसियसकै उत्कृष्ट पासमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अतिरिक्त समयमा लुकास पाकेटाको लामो पासमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई ३–० को बलियो अवस्थामा पुर्‍याए । दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन र पहिलो हाफको नतिजा नै अन्तिम बन्यो ।

ब्राजिलका लागि भिनिसियस जुनियर खेलका प्रमुख खेलाडी बने । उनले दुई गोलमा योगदान दिनुका साथै एक गोल पनि गरे । प्रशिक्षक कार्लो एन्सेलोट्टीले यस खेलमा इगोर थियागोको स्थानमा कुन्हालाई मौका दिएका थिए र उनले दुई गोल गर्दै प्रशिक्षकको विश्वासलाई सही साबित गरे ।

यस जितसँगै ब्राजिल चार अंकसहित गोलअन्तरका आधारमा समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार बेहोरेको हाइटी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

प्रकाशित समय: शनिवार ६ असार, २०८३, १०:१५:१५
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०