रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ४ असार, २०८३
४ महिनाअघि

विराटनगर । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी बनेका छन्।

फुटबल तथ्याङ्कसम्बन्धी संस्था ट्रान्सफरमार्केटले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मेसीले आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो कीर्तिमान कायम गरेका हुन्।

Advertisement

मेसीले २०० अन्तर्राष्ट्रिय खेलमा ११ ह्याट्रिक पूरा गरेका छन्। यता, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २२८ खेलमा १० ह्याट्रिकसहित दोस्रो स्थानमा रहेका छन्।

सर्वाधिक अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने खेलाडीहरूको सूचीमा संयुक्त अरब इमिरेट्सका अली मबखौत १०५ खेलमा ९ ह्याट्रिकसहित तेस्रो स्थानमा छन्।

नर्वेका युवा स्ट्राइकर अर्लिङ हालान्डले ५१ खेलमै ६ ह्याट्रिक गर्दै चौथो स्थान ओगटेका छन्। खेल सङ्ख्याको तुलनामा हालान्डको प्रदर्शन निकै प्रभावशाली मानिएको छ।

हङकङका चान सिउ कीले ६१ खेलमा ६ ह्याट्रिक तथा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले १६७ खेलमा ६ ह्याट्रिक गर्दै क्रमशः पाँचौँ र छैटौँ स्थानमा रहेका छन्।

त्यस्तै, माल्दिभ्सका अली अश्फाकले ७० खेलमा ५ ह्याट्रिक र इङ्गल्याण्डका कप्तान ह्यारी केनले ११४ खेलमा ५ ह्याट्रिक गर्दै शीर्ष आठभित्र स्थान बनाएका छन्।

४-४ वटा अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने खेलाडीहरूको सूचीमा ताहितीका तेहाउ, चीनका याङ, फिजीका रोय कृष्णा, इजरायलका एरान जाहाभी, हैटीका डकन्स नाजोन, यूएईका अहमद खलिल तथा न्युजिल्याण्डका क्रिस वुड रहेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०