अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ५ असार, २०८३
४ महिनाअघि

विराटनगर । यातायात कार्यालय, सवारी अनुमति पत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले उनलाई १ वर्ष कैद सजाय र १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँभन्दा बढी जरिवाना गर्ने फैसला सुनाएको छ।

Advertisement

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो। अदालतले गैरकानूनी रूपमा आर्जन गरिएको बिगो बराबरको सम्पत्ति जफत गर्ने आदेश समेत दिएको छ।

यस्तै,‘अपराध पीडित संरक्षण ऐन, २०७५’ अनुसार गौतमबाट ४ लाख ३२ हजार ७३ रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउनुपर्ने आदेश पनि अदालतले दिएको छ।

फैसलाअनुसार अदालतले गौतमको २०५५ वैशाख ६ गतेदेखि २०७९ चैत २४ गतेसम्मको आय–व्यय विश्लेषण गरेको थियो।

विश्लेषणका क्रममा उनको कुल वैध आय ३ करोड ४७ लाख ८६ हजार ३८२ रुपैयाँ ३१ पैसा रहेको र कुल व्यय ४ करोड ५५ लाख ८८ हजार २२० रुपैयाँ ५५ पैसा पुगेको देखिएको थियो।

वैध आयभन्दा व्यय १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँ २४ पैसा बढी देखिएपछि उक्त रकम बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरिएको अदालतले ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमले सेवामा रहँदा पदीय मर्यादाविपरीत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो।

आयोगका अनुसार अनुसन्धानका क्रममा २०५५ सालमा सेवा प्रवेश गरेका गौतमले २०७९ चैतसम्मको अवधिमा वैध आयभन्दा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसा बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको देखिएको थियो।

मुद्दामा गौतमकी पत्नी सरला नेपाललाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो।

अख्तियारले गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति श्रीमतीको नाममा राखी सम्पत्ति विवरणमा लुकाइएको आरोप लगाएको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
५ घण्टाअघि

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
७ घण्टाअघि

३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

आईतबार २ कार्तिक, २०८३
८ घण्टाअघि

जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ

आईतबार २ कार्तिक, २०८३
९ घण्टाअघि

इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा

आईतबार २ कार्तिक, २०८३
१० घण्टाअघि

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो

आईतबार २ कार्तिक, २०८३
११ घण्टाअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०