विराटनगर । फ्रान्सका महान फुटबलर जिनेदिन जिदानका छोरा लुका जिदान फिफा विश्वकप २०२६ मा फ्रान्स नभई अल्जेरियाको जर्सीमा खेलिरहेका छन्।
अर्जेन्टिनाविरुद्धको खेलमा उनको जर्सीमा लेखिएको ‘जिदान’ नाम देखेपछि धेरै समर्थकले उनको पारिवारिक पृष्ठभूमिबारे चासो व्यक्त गरेका थिए।
लुकाले अल्जेरियाको प्रतिनिधित्व गर्न पाउनुको कारण उनका हजुरबा–हजुरआमा अल्जेरियामा जन्मिएका थिए।
उनले सानैदेखि अल्जेरियाली संस्कृतिमा हुर्किएकाले अल्जेरियाको प्रतिनिधित्व गर्नु आफ्नो लागि गर्वको विषय भएको बताएका छन्।
यद्यपि उनी स्वयं फ्रान्सको एक्स–अन–प्रोभान्समा जन्मिएका हुन्।
२८ वर्षीय लुकाले सन् २०२५ मा अल्जेरियाको राष्ट्रिय टोली रोजेका थिए भने गत अक्टोबरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए।