सुनवर्षीमा लागूऔषधविरुद्ध महाअभियान सम्पन्न, एक सातादेखि विद्यालयमै पुगेर सचेतना

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ६ असार, २०८३
५ घण्टाअघि

सुनवर्षी । सुनवर्षी नगरपालिकाको आयोजना, शब्दाक्षर मिडिया प्रा.लि.को समन्वय तथा जिल्ला प्रहरी कार्यालय मोरङको सहकार्यमा सञ्चालन गरिएको एक साताव्यापी लागूऔषधविरुद्धको महाअभियान शुक्रबार विविध कार्यक्रमसहित समापन भएको छ ।

अभियानअन्तर्गत नगरभित्र रहेका ६ वटा सामुदायिक विद्यालयमा सुरक्षा निकायका प्रतिनिधिहरूले पुगेर विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसनका असर, यसको कानुनी पक्ष तथा यसबाट जोगिने उपायबारे प्रशिक्षण दिएका थिए । विद्यालयस्तरमा सञ्चालन गरिएको उक्त सचेतनामूलक कार्यक्रमको समापनका अवसरमा शुक्रबार नगरपालिकाको सभाहलमा गरिएको थियो ।

नगरभरिका विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा विशेष कार्यक्रम आयोजना गरिएको थियो, जसमा लागूऔषधविरुद्ध सन्देश प्रवाह गर्ने नाटकसहित सांगीतिक प्रस्तुति गरिएको थियो । यसैगरी, युवापुस्तालाई सचेत गराउने उद्देश्यले तयार पारिएको सन्देशमूलक भिडियो पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा सुनवर्षी नगरपालिकाका नगरप्रमुखले पछिल्लो समय किशोर तथा युवापुस्तामाझ लागूऔषध सेवनका घटना बढ्दो क्रममा रहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि केवल प्रहरी प्रशासनको प्रयास मात्र पर्याप्त नहुने बताए । परिवार, विद्यालय, स्थानीय तह र समाजका सबै पक्षको संयुक्त पहलबाट मात्रै लागूऔषधविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै पूर्वदुर्व्यसनकर्ता रोमन दासले आफ्नो जीवन अनुभव सुनाउँदै गलत संगत, उत्सुकता र क्षणिक निर्णयले आफू लागूऔषधको दलदलमा फसेको स्मरण गरे ।

नगर उपप्रमुख मीरादेवी दास केवरतले लागूऔषधको जोखिमबाट किशोर तथा युवापुस्तालाई जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने बताइन् । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले लागूऔषध सेवन केवल व्यक्तिगत समस्या नभई सामाजिक र राष्ट्रिय चुनौतीका रूपमा विकसित भइरहेको बताए ।

त्यसैगरी इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक अशोककुमार झाले लागूऔषधको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै यसको रोकथामका लागि सूचना आदानप्रदान र समुदाय–प्रहरी सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कबित कटुवालले लागूऔषध नियन्त्रणका लागि प्रहरीको कारबाहीसँगै सचेतना कार्यक्रमलाई समान रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा लागूऔषध न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता तथा हस्ताक्षर अभियान पनि सञ्चालन गरिएको थियो । नगरप्रमुख, नगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले लागूऔषधमुक्त समाज निर्माणमा आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित संयुक्त रूपमा हस्ताक्षर गरेका थिए ।

त्यसैगरी कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनी मोरङका सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्र बहादुर भण्डारी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, मोरङका उपअनुसन्धान निर्देशक राजन शर्मा सापकोटाका साथै पालिका सदस्य, वडा सदस्य, नगरपालिकाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । आवर प्रदेशका सञ्चालक पारस मण्डललगायत विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी भएका थिए ।

समाजमा बढ्दो लागूऔषध दुर्व्यसनलाई न्यूनीकरण गर्दै स्वस्थ, सुरक्षित र सचेत पुस्ता निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त महाअभियानले विद्यार्थी, अभिभावक तथा समुदायस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ । नगरपालिकाले आगामी दिनमा समेत विद्यालय र समुदायलाई केन्द्रमा राखेर यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित समय: शनिवार ६ असार, २०८३, १०:४३:३४

सम्बन्धित खबर

सुनसरी आउँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना, ३२ जना घाइते
शनिवार ६ असार, २०८३
रास्वपा महाधिवेशनमा विदेशबाटै मतदान, अब अन्य निर्वाचनमा पनि सम्भव होला ?
शनिवार ६ असार, २०८३
सुनवर्षीमा लागूऔषधविरुद्ध महाअभियान सम्पन्न, एक सातादेखि विद्यालयमै पुगेर सचेतना
शनिवार ६ असार, २०८३
कुन्हाको दुई गोलमा हाइटीमाथि ब्राजिलको सहज जित, तेस्रोबाट पहिलो स्थानमा छलाङ
शनिवार ६ असार, २०८३
रतुवामाईमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
शुक्रबार ५ असार, २०८३
प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा खानतलासी गरिएको छैन
शुक्रबार ५ असार, २०८३
पोखराले ल्यायो ७ अर्ब १५ करोड बजेट
शुक्रबार ५ असार, २०८३
अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर
शुक्रबार ५ असार, २०८३
ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन : अर्थमन्त्री वाग्ले
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०