युरोपा लिग : घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो, सेभिल्लाको सहज जित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ फाल्गुण, २०७८
२ वर्षअघि
युरोपा लिग

युइएफए युरोपा लिगअन्तर्गत स्पेनिस क्लब बार्सिलोना टर्कीको गालातासारेसँग बराबरीमा रोकिएको छ ।

बिहीबार राति क्याम्प नोउमा भएकाे अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना गालातासरेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकियो ।

बार्सिलोना र गलातासारेबीचको दोस्रो लेग अर्को साता हुनेछ । दोस्रो लेग गलातासारेको मैदानमा हुनेछ ।

युरोपा लिगअन्तर्गत गएराति नै भएको अर्को खेलमा स्पेनिस क्लब सेभिल्लाले इङ्ग्लिस क्लब वेस्ट ह्यामलाई १-० गोलले हरायो ।

सेभिल्लाको मैदानमा घरेलु टिमलाई जिताउन मुनिर एल हडाडीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६०औँ मिनेटमा हडाडीले गोल गर्दै सेभिल्लालाई जिताए ।

जितसँगै पहिलो लेगमा सेभिल्लाले अग्रता बनाएको छ ।

अब, १७ मार्चमा हुने दोस्रो लेगमा सेभिल्लालाई अन्तिम आठमा प्रवेश गर्न बराबरी नै काफी हुने छ ।

युरोपा लिगअन्तर्गत नै पहिलो लेगमा फ्रेन्च क्लब मोनाको पराजित भएको छ । मोनाकोलाई ३ ब्रागाले २-० ले हराएको हो ।

ब्रागाको जितमा एभेल रुइज र भिक्टर म्यानुअलले एक-एक गोल लगाए ।

यस्तै, इटालियन क्लब अटलान्टाले जर्मनको लिभरकुजेनमाथि ३-२ गोलान्तरको जित निकालेको छ ।

रोमाञ्चक खेलमा अटलान्टाका लागि लुइज फर्नान्डो मुरियल फ्रुटोले दुई तथा रुस्लान मालिनोभोस्कीले एक गाेल गरे ।

लिभरकुजेनका चार्ल्स एरेन्जगुइज र माैसा डाइबीले एक-एक गोल फर्काए ।

अर्को खेलमा रेन्जर्सले क्रिभेना ज्भेज्दालाई ३-० गोलले हराउँदै पहिलो लेगमा अग्रता बनाएको छ ।

रेन्जसर्को जितमा जेम्स टाभेर्नियर, अल्फ्रेडो मोरेलस र लियोन बालेगनले एक गोल गरे ।

पहिलो लेगअन्तर्गत बिहीबार रातिका लागि तय भएको आरबी लेइपजिग र स्पार्टक मस्कोबीचको खेल भने स्थगित भयो ।

प्रकाशित समय: शुक्रबार २७ फाल्गुण, २०७८, ०८:०१:४७
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा
शुक्रबार १४ ब‌ैशाख, २०८१
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्रबार १४ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०