युरोपा लिग : घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो, सेभिल्लाको सहज जित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ फाल्गुण, २०७८
५ वर्षअघि
युरोपा लिग

युइएफए युरोपा लिगअन्तर्गत स्पेनिस क्लब बार्सिलोना टर्कीको गालातासारेसँग बराबरीमा रोकिएको छ ।

बिहीबार राति क्याम्प नोउमा भएकाे अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना गालातासरेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकियो ।

बार्सिलोना र गलातासारेबीचको दोस्रो लेग अर्को साता हुनेछ । दोस्रो लेग गलातासारेको मैदानमा हुनेछ ।

युरोपा लिगअन्तर्गत गएराति नै भएको अर्को खेलमा स्पेनिस क्लब सेभिल्लाले इङ्ग्लिस क्लब वेस्ट ह्यामलाई १-० गोलले हरायो ।

सेभिल्लाको मैदानमा घरेलु टिमलाई जिताउन मुनिर एल हडाडीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६०औँ मिनेटमा हडाडीले गोल गर्दै सेभिल्लालाई जिताए ।

जितसँगै पहिलो लेगमा सेभिल्लाले अग्रता बनाएको छ ।

अब, १७ मार्चमा हुने दोस्रो लेगमा सेभिल्लालाई अन्तिम आठमा प्रवेश गर्न बराबरी नै काफी हुने छ ।

युरोपा लिगअन्तर्गत नै पहिलो लेगमा फ्रेन्च क्लब मोनाको पराजित भएको छ । मोनाकोलाई ३ ब्रागाले २-० ले हराएको हो ।

ब्रागाको जितमा एभेल रुइज र भिक्टर म्यानुअलले एक-एक गोल लगाए ।

यस्तै, इटालियन क्लब अटलान्टाले जर्मनको लिभरकुजेनमाथि ३-२ गोलान्तरको जित निकालेको छ ।

रोमाञ्चक खेलमा अटलान्टाका लागि लुइज फर्नान्डो मुरियल फ्रुटोले दुई तथा रुस्लान मालिनोभोस्कीले एक गाेल गरे ।

लिभरकुजेनका चार्ल्स एरेन्जगुइज र माैसा डाइबीले एक-एक गोल फर्काए ।

अर्को खेलमा रेन्जर्सले क्रिभेना ज्भेज्दालाई ३-० गोलले हराउँदै पहिलो लेगमा अग्रता बनाएको छ ।

रेन्जसर्को जितमा जेम्स टाभेर्नियर, अल्फ्रेडो मोरेलस र लियोन बालेगनले एक गोल गरे ।

पहिलो लेगअन्तर्गत बिहीबार रातिका लागि तय भएको आरबी लेइपजिग र स्पार्टक मस्कोबीचको खेल भने स्थगित भयो ।

प्रकाशित समय: शुक्रबार २७ फाल्गुण, २०७८, ०८:०१:४७
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०