युरोपा लिगमा आज पाँच खेल हुँदै, बार्सिलोनाको खेल पनि आजै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २६ फाल्गुण, २०७८
४ वर्षअघि
युरोपा

युरोपा लिगका राउन्ड अफ १६ अन्तर्गत आज राति पाँच खेल हुँदैछन् ।

हिजोबाट सुरु भएको अन्तिम १६ का खेलमा आज बार्सिलोना, सेभिल्ला, वेस्ट ह्याम, गालातासरे, ब्रागा, एटलान्टा, लिभरकुजेन, मोनाको, रेन्जर्स र एफ्के सेर्भेना स्पेशज्डा (रेड स्टार बेल्ग्रेड) बीच खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा स्पेनिस टोली सेभिल्ला र इंग्लिस क्लब वेस्ट ह्याम आमनेसामने हुँदैछन् ।

नेपाली समय अनुसार राती ११ः३० बजे सेभिल्लाको घरेलु मैदान रामोन सान्सेज रङ्गशालामा हुँदैछ ।

बाँकी चार खेल भने राती पौने दुई बजे एक पटक सुरु हुँदैछ ।

स्पेनिस क्लब बार्सिलोनाले टर्कीस क्लब गालातासरेको सामना गर्दा सोही समयमा रेन्जर्सले रेड स्टार बेल्ग्रेडसँग प्रतिस्पर्धा गर्नेछ ।

राती १ः४५ बजे सुरु हुने तेस्रो खेलमा पोर्चुगिज क्लब ब्रागाले फ्रेन्च क्लब मोनाकोको सामना गर्दा सोही समयमा सुरु हुने चौथो खेलमा जर्मन क्लब बार्यन लिभरकुजेनले इटालियन क्लब एटलान्टाको सामना गर्नेछ ।

आजै हुने भनिएको आरबी लेइपजिग (जर्मनी) र स्पार्ताक मस्को (रसियन) बीचको खेल भने स्थगित गरिएको छ ।

रुस र युक्रेनबीच युद्ध जारी रहेको कारण देखाउँदै युरोपियन फुटबल महासङ्घ (युइएफ)ले रुसका क्लबमाथि खेल्न प्रतिबन्ध लगाएकाले मस्को र लेइपजिगबीच आज हुने भनिएको खेल स्थगित गरिएको हो ।

हिजो भएका दुई खेलमा लियोन र फ्रयाङ्कफर्ट विजयी भएका छन् ।

पोर्टाेको घरेलु मैदान स्टाडियो डो ड्रागाओमा सम्पन्न खेलमा पाहुना टोली लियोनलाई विजयी गराउन खेलको ५९औं मिनेटमा लुकास पाकुएटाले निर्णायक गोल गरे ।

हिजो नै भएको दोस्रो खेलमा घरेलु टोली बेटिसलाई फ्रयाङ्कफर्टले स्तब्ध बनायो । स्टाडियो बेनिटो भिल्लामारिनमा भएको रोमाञ्चक खेलमा फ्रयाङ्कफर्टले अग्रता लिएको थियो ।

फिलिप कोस्टिकले १४औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर ३०औं मिनेटमा नबिल फेकिरले गोल गर्दै बेटिसलाई बराबरीमा फर्काए ।

खेल बराबरी भएको दुई मिनेट नहुँदै दाइची कामडाले गोल गर्दै फ्रकाङ्कफर्टले अग्रता दोब्बर बनायो ।

खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसकेपछि पाहुना टोली पहिलो लेगमा अग्रता लिन सफल भयो ।

राउन्ड अफ १६ अन्तर्गतका दोस्रो लेगका खेलहरु मार्च १७ बाट सुरु हुनेछन् ।

आज हुने खेलहरु

१. सेभिल्ला भर्सेज वेस्ट ह्यामः रामोन सान्सेज रङ्गशाला, स्पेन (राती ११ः३० बजे)
२. बार्सिलोना भर्सेज गालातासरेः क्याम्प नोउ, स्पेन (राती ०१ः४५ बजे)
३. रेन्जर्स भर्सेज रेड स्टार बेल्ग्रेडः इब्रोक्स रङ्गशाला, स्कटल्यान्ड (राती ०१ः४५ बजे)
४. ब्रागा भर्सेज मोनाकोः स्टाडिो मुनिसिपल डे ब्रागा, पोर्चुगल (राती ०१ः४५ बजे)
५. एटलान्टा भर्सेज लिभुकुजेनः स्टाडियो एट्लेटि अजुरी इटालिया (राती ०१ः४५ बजे)

प्रकाशित समय: बिहिबार २६ फाल्गुण, २०७८, २०:१९:५१
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०