डिप्रेसन र एन्जाइटीले मस्तिष्कको भाग खुम्चिन्छः एएनयू अध्ययन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ फाल्गुण, २०७८
४ वर्षअघि
मस्तिष्कको

डिप्रेसन र एन्जाइटीका कारण मानव मस्तिष्कको एक भाग उल्लेखनीय रूपमा खुम्चिने अष्ट्रेलियाली अध्ययनले देखाएको छ ।

अस्ट्रेलियाली नेश्नल युनिवर्सिटी (एएनयू) द्वारा प्रकाशित अध्ययनले डिप्रेसन भएका मानिसको मस्तिष्कको भाग खुम्चिएको पत्ता लगाएको हो ।

१० हजार भन्दा बढी व्यक्तिको दिमागको अध्ययन गरिएको थियो । अध्ययनबाट डिप्रेसन मात्रले पनि स्मृति र सिकाईसँग जोडिएको दिमागको अंश हिप्पोक्याम्पसलाई खुम्च्याउने पाइएको छ ।

अध्ययनका प्रमुख लेखक डानिएला एस्पिनोजा ओयर्सका अनुसा डिप्रेसन भएका व्यक्तिहरूको मस्तिष्कको धेरै भाग (विशेष गरी हिप्पोक्याम्पस) कम भइरहेको बताएका छन् ।

हिप्पोक्याम्पसको आकार कम हुनु भनेको उमेर बढेसँगै अल्जाइमर रोगको लागि जोखिमको कारक रहेको उनको भनाइ छ ।

यसले डिमेन्सियाको विकासलाई पनि बढावा दिन सक्ने अध्ययनको निष्कर्ष रहेको छ । तर, डिप्रेसन र एन्जाइटी दुवै भएका मानिसमा मस्तिष्कको भागको आकार डिप्रेसन मात्र भएको मानिसभन्दा कम खुम्चिने हुन्छ ।

मस्तिष्कमा डिप्रेसनको प्रभावलाई हेर्ने धेरै अध्ययनहरूले डिप्रेसन भएका मानिसहरूलाई एन्जाइटी पनि हुने तथ्यलाई हेरेका हुदैनन् ।

एन्जाइटीले डिप्रेसनको प्रभावलाई कसरी कम गर्छ भन्ने बारे थप अनुसन्धान आवश्यक रहेकाे र त्यस विषयमा पनि अनुसन्धान केन्द्रीत गर्नुपर्ने अस्ट्रेलियाली अध्ययनले निष्कर्ष निकालेकाे छ ।


प्रकाशित समय: शुक्रबार २७ फाल्गुण, २०७८, ०८:११:१६

सम्बन्धित खबर

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
१ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
३ हप्ताअघि
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०