पल शाह प्रकरण : जथाभावी समाचार लेख्दा १० वेबसाइट प्रतिबन्ध

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ फाल्गुण, २०७८
२ वर्षअघि
पल शाह

अभिनेता पल शाह प्रकरणमा जथाभावी समाचार लेख्दा १० वटा वेबसाइट प्रतिबन्धमा परेका छन् ।

नाबालिका गायिकामाथि बलात्कार गरेको अभियोग लागेका शाह प्रकरणमा प्रेस काउन्सिल नेपालले १० ओटा वेबपोर्टल सहित १६ युट्युव च्यानललाई कारबाही सिफारिस गरेको हो ।

काउन्सिलका अनुसार व्यक्तिक गोपनीयता प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने तथा नकारात्मक असर पर्ने, पीडितको पहिचान खुल्ने गरी नाम, तस्वीर र भिडियो सामग्री सम्प्रेषण गरेको छ ।

न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रकृयामा प्रभाव पर्ने किसिमले आरोपी र जाहेरीवालाको पक्षविपक्षमा सामग्री सम्प्रेषण गरेको भन्दै वेबपोर्टल र युट्युव च्यानललाई कारबाहीको दायरामा ल्याइएको हो ।

सूचना तथा प्रसारण विभागमा दर्ता र काउन्सिलमा सूचीकरण नभएका यी १० वेबसाइटलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा सिफारिस गरेको छ ।

प्राधिकरणले इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई यी वेबसाइट नेपालमा नचल्ने गरी प्रतिबन्ध लगाउन पत्राचार गर्ने छ ।

यी हुन् प्रतिबन्धमा परेका १० वेबपोर्टलहरूः

– चन्द्रागिरी टाइम्स डटकम
– समाज पत्र डटकम
– पोखरा एनपी डटकम
– सत्य सूचना डटकम
– द टप २४ न्युज डटकम
– शिखर हट न्युज डटकम
– ब्राइट दैनिक डटकम
– पूर्वी कमान्ड डटकम
– तुफान मिडिया न्युज डटकम
– नेप २४ खबर डटकम

युट्युव च्यानलमाथि साइबर अपराध मुद्दा चलाउन नेपाल प्रहरीको साइबर ब्यूरोमा सिफारिस गरिएको छ । -टेकपानाबाट

प्रकाशित समय: सोमबार २३ फाल्गुण, २०७८, २१:२५:३४
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०