रुसद्वारा अस्थायी युद्धविरामको घोषणा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ फाल्गुण, २०७८
२ वर्षअघि
अस्थायी

मानवीय सहायताका लागि भन्दै रुसले युक्रेनविरुद्ध चलिरहेको युद्ध अस्थायी रुपमा रोकेको छ ।

रुसी सञ्चारमाध्यम तासका अनुसार युक्रेका दुई सहरमा आज (शनिबार) अस्थायी युद्धविरामको घोषणा गरिएको हो ।

आफूलाई स्वायत्त राष्ट्र गरेका युक्रेनको डोनेट्स्कस्थित मरिपोल र भोल्नोभाखा सहरमा रुसले युद्धलाई रोकेको हो ।

‘५ मार्चका दिन रुसी समय अनुसार बिहान १० बजेबाट मरिपोल र भोल्नोभाखाका स्थानीयलाई बाहिर निस्किनका लागि मानवीय करिडोर खुला गरिएको छ’ रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै तासले लेखेको छ, ‘युक्रेन र रुस दुवै पक्षको सहमति पश्चात्त यो निर्णय लिइएको हो ।’

डोनबास गणतन्त्रका प्रमुखहरुको अनुरोधलाई कारण देखाउँदै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनविरुद्ध युद्धको घोषणा गरेका थिए ।

युक्रेनको राजधनी कीभको दुर्व्यवहार र नरसंहारबाट पीडित बनेको डोनबासको रक्षा गर्न भन्दै रुस युक्रनेमाथि जाइलागेको थियो ।

युद्धको दशौँ दिनमा आएर केही लचक देखाएको रुसले आफ्नो लक्ष्य युक्रेनलाई कब्जा गर्नु नभई निः शस्त्रीकरण रहेको बताउँदै आइरहेको छ ।

युद्धविरामको घोषणाको क्रममा बोल्दै रुसी रक्षा मन्त्रालयका अधिकारीहरुले रुसी सैनिकले युक्रेनका सहरहरुलाई नबनाएको र सर्वसाधारणलाई रुसी सेनाबाट कुनै खाले खतरा नरहेको स्पष्ट पारेको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार रुसको एक मात्र योजना युक्रेनी सैन्य पूर्वाधारलाई असक्षम पार्ने मात्र रहेको छ ।

युक्रेनको राजधानी कीभ लक्षित आक्रमणका कारण हजारौँ युक्रेनी देश छाडेर छिमेकी राष्ट्रमा शरण लिन पुगिरहेका छन् ।

सयौँ मानिसको मृत्यु भइसके पनि रुस र युक्रेन युद्धलाई नरोक्ने पक्षमा देखिएका छन् ।

दुवै राष्ट्रबीच युद्धविरामका लागि शान्ति वार्ता भइरहे पनि त्यसले निकास दिन सकिरहेको छैन ।

 

प्रकाशित समय: शनिवार २१ फाल्गुण, २०७८, १४:२४:०५
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०