आक्रमक बन्दै रुस, युक्रेन छाड्ने मानिसको घुँइचो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ फाल्गुण, २०७८
४ वर्षअघि
रुस

शक्तिशाली राष्ट्र रुसले छिमेकी राष्ट्र युक्रेनमाथि आक्रमण सुरु गरेसँगै विश्व यतिबेला तरङ्गित बनेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणासँगै युक्रेनविरुद्ध सुरु भएको सैन्य आक्रमणको आज दोस्रो दिन हो ।

Advertisement

बिहीबार बिहानबाटै युक्रेनको राजधानी किएभमा क्षेप्यास्त्र प्रहार सुरु भइसकेको छ ।

राजधानी किएभबाहेक अन्य क्षेत्रमा समेत रुसले आक्रमण सुरु गरिसकेको छ ।

रुसी सेनाको आक्रमणबाट हालसम्म एक सय बढी युक्रेनीको मृत्यु भइसकेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग दाबी गरेका छन् ।

यता, रुसी राष्ट्रपति पुटिनले सैनिक संरचना र बेसमा मात्रै आक्रमण गर्ने बताएको भएपनि अन्य क्षेत्रमा समेत आक्रमण भइरहेको र युक्रेनी जनताको मृत्यु भइरहेको जेलेन्स्कीले बताएका छन् ।

‘मरे पनि युक्रेनमै मर्छु’

रुसले आफूहरुलाई आक्रमण गर्दा समेत हालसम्म कसैले साथ नदिएको दुखेसो पोख्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू र आफ्नो परिवार मारिए पनि देश छाडेर भागेर कतै नजाने घोषणा गरिसकेका छन् ।

रुसी सेना किभए नजिकै आइसकेको र उनीहरुको मुख्य उद्देश्य आफूलाई समाप्त पार्ने भएको भन्दै जेलेन्स्कीले आफू त्यसको पर्वाह नगरी युक्रेनमा नै बस्ने बताएका छन् ।

‘जवाफी हमला सुरु’

रुसले आक्रमण सुरु गरेसँगै जवाफी हमला थालेको युक्रेनले हालसम्म आठ सय बढी रुसी सैनिकले मारेको बताएको छ ।

त्यसबाहेक, ३० रुसी सैनिक ट्याङ्क र सात जासुसी विमान पनि ध्वस्त पारेको युक्रनेले दाबी गरेको छ । आफ्ना सबै नागरिकलाई रुसविरुद्धको युद्धका लागि तयार रहन युक्रेनले आग्रह गरिसकेको छ ।

आफ्नो राष्ट्रका पूरै सेनालाई युद्धमा उत्राने घोषणा गरिसकेको राष्ट्रपति जेलेन्स्कीले १८ देखि ६० वर्षका पुरुषलाई देश नछाड्न आदेशसमेत दिइसकेको छ ।

‘मुकदर्शक विश्व’

रुस–युक्रेन विषयमा हालसम्म कुनै पनि राष्ट्रले आफ्नो औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस सोभियत सङ्घ बन्ने बाटोमा अघि बढिरहेको आरोप लगाए पनि यस विषयमा अमेरिकाले के गर्छ भन्नेबारे प्रष्ट पारिसकेको छैनन् ।

नेटो राष्ट्रमा हमला भए आफू चुप लागेर नबस्ने बताए पनि रुस–युक्रेन विवादमा अमेरिका मौन छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोले भने रुसी राष्ट्रपति पुटिनलाई फोन गरेर रुस–युक्रेन विषयमा गम्भिर छलफल गरेका थिए ।

तर त्यसले के–कस्तो निचोड दियो भन्नेबारे रुस र फ्रान्स दुवै राष्ट्रले हालसम्म केही सार्वजनिक गरेका छैनन् ।

शक्ति राष्ट्रहरु नै मौन रहेको बेला विश्वका अन्य राष्ट्रहरु मुकदर्शक बनेर बसिरहेका छन् ।

रुसको आक्रमण बढेसँगै युक्रेनीहरु भने देश छाडेर छिमेकी राष्ट्र प्रवेश गर्ने तयारी गरिरहेका छन् ।

किएभ छाडेर जानेहरुको भीड बढेपछि सडकमा मानिसको लाम र सवारी साधन जाममा परेका छन् ।

हेर्नुहाेस् रुसकाे आक्रमण पछिकाे युक्रेनकाे तस्बिरः

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०