युएईविरुद्धकाे सेमिफाइनल खेल जिते नेपालले विश्वकप खेल्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० फाल्गुण, २०७८
४ वर्षअघि
विश्वकप

आइसिसी पुरुष टी-२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दै छ ।

ओमानको अल अमेरातमा नेपालले युएईको सामना गर्ने छ ।

नेपाल र युएईबीचको खेल नेपालीसमय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ ।

किनकि, यस खेलले नेपालको विश्वकप यात्राको छिनोफानो गर्नेछ ।

नेपाल आज युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ ।

युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।

यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो ।

त्यसयता नेपाल छनोटमा असफल हुँदै आइरहेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाललाई मौका रहेको छ ।

छनोटको समूह ‘बी’ को नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको हो ।

नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो ।

युएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

नेपाल र युएईबीचको पछिल्लो हेड टु हेड बराबरीको स्थितिमा रहेको छ ।

नेपाल र युएईबीचको पछिल्लो चार टी-ट्वान्टी खेलमा दुबैले २ जित र २ हार व्यहोरेको छ ।

दोस्रो सेमिफाइनल खेल पनि आजै साेही समयमा हुँदैछ ।

अर्को खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।

आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो ।

यो खेल पनि आज अपराह्न पौने चार बजे ओमानको अल अमेरात रंगशालामा हुने छ ।

आजको खेल जित्ने दुई देश फाइनल प्रवेश गर्नेछन् ।

फाइनल खुल्ने दुवै टिम विश्वकपका लागि छनोट हुने छन् ।

प्रकाशित समय: मङ्गलबार १० फाल्गुण, २०७८, ०९:४३:५१
दुहबीमा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न, मेयर पत्नी सहित ३८ जनालाई प्रमाणपत्र वितरण
बिहिबार ७ जेठ, २०८३
प्रदेश र स्थानीय तहमा अनुदान काटिएकोबारे खुश्बुले गराइन् सरकारको ध्यानाकर्षण
बिहिबार ७ जेठ, २०८३
यस वर्ष मनसुनमा कम वर्षा हुने, बाढीको जोखिम कायमै
बिहिबार ७ जेठ, २०८३
‘हिजो बेलमा पलेटी कसेर पुस्तक पढ्ने र निलो रिबन बाँध्नेहरूले आज प्लेकार्डलाई अमर्यादित भन्न सुहाउँदैन’
बिहिबार ७ जेठ, २०८३
आईसीसी विश्वकप लिग-२ : अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल
बिहिबार ७ जेठ, २०८३
प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान
बिहिबार ७ जेठ, २०८३
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
बिहिबार ७ जेठ, २०८३
विराटनगरमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’को नयाँ आउटलेट
बुधबार ६ जेठ, २०८३
नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा काफल व्यवसायी महिलासँग माफी
बुधबार ६ जेठ, २०८३
धनकुटाको चौबिसे गाउँपालिकामा नीति, कार्यक्रम तथा बजेट तर्जुमाबारे सार्वजनिक सुनुवाइ सम्पन्न
बुधबार ६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०