तस्बिरमा हेर्नुस् नेपाल भर्सेस क्यानडा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ फाल्गुण, २०७८
२ वर्षअघि

क्यानडालाई आठ विकेटले पाखा लगाउँदै नेपाल आईसिसी टी२० ग्लोबल क्वालिफायरअन्तर्गत समूह ‘ए’ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओमानस्थित अल अमेरत क्रिकेट रङ्गशालामा भएको खेलमा पहिले ब्याटिङ गरेकाे क्यानडाले नेपाललाई ८१ रनको झिनो विजयी लक्ष्य दिएको थियो ।

नेपालका लागि सर्वाधिक रन कुशल भुर्तेलले ३४ र दिपेन्द्रसिंह ऐरीले २७ रनको नट आउट पारी खेलको थिए ।

सामान्य लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा आफ्नो दुई विकेट गुमाएको थियो ।

पहिलो विकेटका रूपमा नेपालका ओपनर आशिफ शेख आउट भएका थिए । उनलाई सलमान नजारले एलबीडब्ल्यू धरापमा पारेका थिए ।

१६ बलको सामना गरेका शेखले एक छक्का र एक चौकाको मद्दतमा १७ रन बनाएका थिए ।

शेख पेभिलियन फर्किएको तेस्रो बलमा नै नेपालले कुशल मल्लाई दोस्रो विकेटका रुपमा गुमाएको थियो । मल्ल ‘गोल्डेन डक आउट’ भएका थिए ।

पहिलो बलको सामना गरेका मल्लाई कलिम सानाले क्लिन बोल्ड गरेका थिए ।

टस हारेर बलिङको निम्तो पाएको नेपालले निकै किफायती बलिङ गरेको थियो ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन, कमलसिंह ऐरी र अविनाश बोहराले समान दुई र कुशल मल्ले एक एक विकेट लिएका थिए ।

क्यानडाका लागि सर्वाधिक रन डिलन हेलिगरले बनाए । २२ बलको सामना गर्दै उनले एक चौका र दुई छक्काको मद्दतमा २४ रनको योगदान दिए ।

क्यानडाविरुद्धको खेलमा विजयी भएसँगै नेपाल ग्लोबल क्वालिफायरको समूह ‘बी’ को विजेता बनेको छ ।

विजेता भएसँगै नेपालले फाइनल प्रवेशका लागि समूह ‘ए’ को उप–विजेता यूएईसँग खेल्नेछ ।

समूह चरणका तीनै खेलमा जित दर्ता गरेको नेपालले अपराजित रहँदै ६ अङ्कुसहित तालिकाको शीर्ष स्थान कब्जा गरेको हो ।

फिलिपिन्सविरुद्ध नौ विकेटको विशाल अन्तरको जित दर्ता गर्दै ओमानले पनि नेपालसँगै सेमिफाइनलमा स्थान बनाएको छ ।

फाइनल प्रवेशका लागि ओमानले समूह ‘ए’ को विजेता स्कटल्यान्डसँग खेल्नेछ ।

पहिलो सेमिफाइनलमा भोलि नेपालले दिउँसो ३ः४५ बजे यूएईको सामना गर्दा सोही समयमा सुरु हुने अर्काे सेमिफाइनलमा स्कटल्यान्डले ओमानको सामना गर्दैछ ।

नेपाल सम्मिलित ग्लोबल क्वालिफायरको समूह ‘ए’ को फाइनल पुग्ने दुवै टोलीले अस्ट्रेलियामा हुने आईसिसी टी२० विश्वकपमा सहभागिता जनाउनेछ ।

प्रकाशित समय: सोमबार ९ फाल्गुण, २०७८, २१:५९:१०
जहाँ पाए ओलम्पियन्स र सेलिब्रेटी खेलाडीहरूले सम्मान, नयाँ खेलाडीलाई पनि मिल्यो हौसला !
आईतबार २३ ब‌ैशाख, २०८१
जीवन विकासले गर्‍यो कार्यालय सहयोगीसहितका उत्कृष्ट कर्मचारी र शाखालाई पुरस्कृत
आईतबार २३ ब‌ैशाख, २०८१
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान
शुक्रबार २१ ब‌ैशाख, २०८१
नेपालबाट ओलम्पिकमा सहभागी भएका १२ जना सम्मानित
बिहिबार २० ब‌ैशाख, २०८१
सामाजिक सञ्चालमा चर्चित भेलुबाजेको निधन
बिहिबार २० ब‌ैशाख, २०८१
इटहरीमा ओलम्पियन्सहरूको वाकाथन
बिहिबार २० ब‌ैशाख, २०८१
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगे ओलम्पिक खेलाडी
बुधबार १९ ब‌ैशाख, २०८१
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०