टेस्ट बलिङमा स्टार्क पुनः शीर्ष स्थानमा, विभिन्न खेलाडीको वरीयतामा सुधार

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ कार्तिक, २०८३
२ हप्ताअघि

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टेस्ट बलिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले दक्षिण अफ्रिकाका अलराउन्डर मार्को यान्सेनलाई पछि पारेका हुन् ।

केप टाउनमा भएको तेस्रो टेस्टमा अस्ट्रेलिया १७६ रनले पराजित भए पनि स्टार्कले बलिङतर्फ प्रभावशाली प्रदर्शन गरेका थिए । उनले पहिलो इनिङ्समा ७२ रन खर्चेर ६ विकेट लिएका थिए भने दोस्रो इनिङ्समा ६५ रन दिँदै थप तीन विकेट हात पारेका थिए । अस्ट्रेलियाले शृंखला २–१ ले गुमाएको थियो ।

Advertisement

यस्तै, तेस्रो टेस्टमा १० विकेट लिएका दक्षिण अफ्रिकाका साइमन हार्मर नौ स्थान सुधार गर्दै बलिङ वरीयताको सातौँ स्थानमा पुगेका छन् । उनको रेटिङ ८१७ पुगेको छ । उनी टेस्ट अलराउन्डर वरीयतामा पनि तीन स्थान सुधार गर्दै पाँचौँ स्थानमा उक्लिएका छन् । उक्त सूचीमा मार्को यान्सेन पहिलो स्थानमा छन् ।

बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले पनि वरीयतामा सुधार गरेका छन् । नौ विकेट लिएर प्लेयर अफ द म्याच बनेका वेस्ट इन्डिजका जोमेल वारिकन ६ स्थान माथि उक्लिँदै ३०औँ स्थानमा पुगेका छन् । बंगलादेशका नइम हसन र शोरिफुल इस्लाम तथा वेस्ट इन्डिजका रोस्टन चेजले पनि बलिङ वरीयतामा सुधार गरेका छन् ।

टेस्ट ब्याटिङतर्फ दक्षिण अफ्रिकाका वियान मुल्डर सात स्थान सुधार गर्दै करियरकै उच्च १७औँ स्थानमा पुगेका छन् । दोस्रो इनिङ्समा ११५ रन बनाएका उनले वरीयतामा छलाङ मारेका हुन् । त्यस्तै, १०१ रन बनाएका रायन रिकेल्टन २५ स्थान सुधार गर्दै २३औँ स्थानमा पुगेका छन् ।

एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका फखर जमान नौ स्थान सुधार गर्दै ३७औँ स्थानमा उक्लिएका छन् । श्रीलंकाका पवन रथनायके १६औँ र इंग्ल्यान्डका बेन डकेट करियरकै उच्च छैटौँ स्थानमा पुगेका छन् । एकदिवसीय बलिङतर्फ नामिबियाका जेजे स्मिथ ४४ स्थान सुधार गर्दै जसप्रित बुमराहसँगै संयुक्त ३०औँ स्थानमा पुगेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पनि विभिन्न खेलाडीले सुधार गरेका छन् । भारतका श्रेयस अय्यर ब्याटिङतर्फ सातौँ स्थानमा उक्लिएका छन् भने न्युजिल्यान्डका ग्लेन फिलिप्स र जिम्बाब्वेका सिकन्दर रजाले पनि स्थान सुधार गरेका छन् । अफगानिस्तानका अजमतुल्लाह ओमरजाई ३४ स्थान सुधार गर्दै ५९औँ स्थानमा पुगेका छन् । बलिङतर्फ न्युजिल्यान्डका ज्याकब डफी २३ स्थान सुधार गर्दै २३औँ स्थानमा उक्लिएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

विद्युतीय व्यावसायिक विमान निर्माणमा चीनको ठूलो सफलता, पहिलो स्वदेशी विमानको सफल परीक्षण

सोमबार १ मङ्सिर, २०८३
३ दिनअघि

कर्णालीमा संरचना, खेलकुद प्रतियोगिता लुम्बिनीमा

सोमबार १ मङ्सिर, २०८३
३ दिनअघि

अन्तिम बलमा पाकिस्तानलाई स्तब्ध पार्दै भारतले जित्यो यू–१९ एसिया कपको उपाधि

आईतबार ३० कार्तिक, २०८३
४ दिनअघि

रोनाल्डोबिनाको पहिलो खेलमै पोर्चुगल डेनमार्कसँग ४–१ ले पराजित

आईतबार ३० कार्तिक, २०८३
४ दिनअघि

इजरायलमा सत्ता समीकरणको रस्साकस्सी, नेतान्याहूको एकता प्रस्ताव विपक्षीद्वारा अस्वीकार

आईतबार ३० कार्तिक, २०८३
४ दिनअघि

अबुधाबीमा रूस–युक्रेन युद्ध अन्त्यका लागि त्रिपक्षीय वार्ता हुँदै, ईयूको पनि चासो

मङ्गलबार २५ कार्तिक, २०८३
१ हप्ताअघि
दानबहादुर कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार, सरकारसँग मागियो कारण
बुधबार ३ मङ्सिर, २०८३
नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी
बुधबार ३ मङ्सिर, २०८३
एक वर्षमै ७ खर्ब ६५ अर्बका नोट नष्ट गर्‍यो राष्ट्र बैंकले
बुधबार ३ मङ्सिर, २०८३
बाल हिंसा अन्त्य गर्न नेपालका सात प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत
बुधबार ३ मङ्सिर, २०८३
भोटेकोशी बाढीपीडितका लागि सहयोग जुट्दै, राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात
बुधबार ३ मङ्सिर, २०८३
हिरासतमा राखिएको भन्दै ओलीको आक्रोश– ‘हामी किरा–फट्याङ्ग्रा हौँ?’
बुधबार ३ मङ्सिर, २०८३
कर्णालीमा पुल निर्माण अलपत्र पार्ने ठेकेदारमाथि कारबाही, दुई आयोजनाको सम्झौता रद्द
बुधबार ३ मङ्सिर, २०८३
एकैदिन सुनको भाउ ६ हजार ३ सय रुपैयाँले सस्तियो
बुधबार ३ मङ्सिर, २०८३
पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग
मङ्गलबार २ मङ्सिर, २०८३
दूधको मूल्य बढाउन चितवनका किसानको एक साताको अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
मङ्गलबार २ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०