वेस्ट इन्डिजविरुद्ध भारतकाे ६ विकेटकाे जित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ फाल्गुण, २०७८
४ वर्षअघि
६ विकेटकाे जित

वेस्ट इन्डिजविरुद्धको पहिलो टी२०आईमा भारतले ६ विकेटको जित हात पारेको छ ।

कलकत्तास्थित इडन गार्डेन मैदानमा आजबाट सुरू भएको तीनमध्ये पहिलो टी२०आईमा भारतले टस जितेर फिल्डिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि निकोलस पोरनले सर्वाधिक ६१ रन जोडेका थिए । पोरनबाहेक काइल मेयर्सले ३१ र किरोन पोलार्डले २४ रन बनाए ।

त्यसबाहेक अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन । वेस्ट इन्डिजले १७ अतिरिक्त रन पाएको थियो ।

वेस्ट इन्डिजलाई मध्य स्कोरमा रोक्न भारतका लागि टी२०आई मा डेब्यू गरेका रवि विश्नोइले दुई विकेट लिए ।

विश्नोइबाहेक हर्सल पट्टेलले दुई, युज्वेन्द्र चाहल, दिपक चाहर र भुवनेश्वर कुमारले समान एक–एक विकेट लिए ।

एक सय ५८ रनको विजयी लक्ष्य पाएको भारतले सात बल अगावै लक्ष्य प्राप्त गर्याे ।

भारतका लागि कप्तान रोहित शर्माले ४० रन जोडे । त्यसबाहेक इशान किशनले ३५ र सूर्यकुमार यादवले नटआउट ३४ रनको योगदान दिए ।

वेन्कटेश अय्यरले टोलीका लागि २४ रनको मद्दत गर्दा विराट कोहलीले १७ रन बनाए । चार रन भने भारतले उपहार पाएको थियो ।

रोस्टन चेसले दुई विकेट लिए पनि टोलीको जितको लागि त्यो पर्याप्त हुन सकेन ।

चेसबाहेक फेबियन एलेन र शेल्डन कोट्रेलले एक–एक विकेट लिँदै भारतको इनिङ ध्वस्त पार्न खाजेका थिए ।

तर निकै सन्तुलित खेल प्रदर्शन गरेको भारतले खेल पूर्ण रुपमा कब्जामा लियो र विजयी भयो ।

भारत भ्रमणमा आएको वेस्ट इन्डिजले अब भारतविरुद्धको दोस्रो टी२०आई फेब्रुअरी १८ र तेस्रो खेल २० फेब्रुअरीमा कलकत्तामा खेल्नेछ ।

प्रकाशित समय: बुधबार ४ फाल्गुण, २०७८, २३:३१:२५

सम्बन्धित खबर

विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपमा जर्मनीको नयाँ परीक्षा, इतिहास रच्न तयार कुराकाओ

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा आज कतार–स्विट्जरल्यान्ड भिड्दै, भोलि बिहान ब्राजिल–मोरक्कोसहित तीन रोचक खेल

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक

शुक्रबार २९ जेठ, २०८३
४ दिनअघि
उपाधि दाबेदार मानिएको स्पेन केप भेर्डेसँग बराबरीमा रोकियो
मङ्गलबार २ असार, २०८३
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०