एकदिवसिय क्रिकेटमा भारतको कीर्तिमान

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ माघ, २०७८
५ वर्षअघि
भारतविरुद्ध वेस्ट इन्डिज

भारतीय राष्ट्रिय पुरुष क्रिकेट टोलीले एकदिवसिय क्रिकेटमा कीर्तिमान कायम गरेको छ ।

एकदिवसिय क्रिकेटमा सर्वाधिक खेल खेल्दै भारतले नयाँ इतिहास रचेको हो ।

Advertisement

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा हिजो सम्पन्न वेस्ट इन्डिजविरुद्धको खेलसँगै भारत एक हजार एकदिवसिय खेल खेल्ने पहिलो राष्ट्र बनेको हो ।

आफ्नो १०००औं खेलमा वेस्ट इन्डिजविरुद्ध ६ विकेटको जित दर्ता गर्दै भारतले ऐतिहासिक उपलब्धीलाई थप अविस्मरणीय बनाएको छ ।

तीन एकदिवसीय श्रृङ्खला खेल्न भारत आएको वेस्ट इन्डिज पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

भारतको जितमा युजवेन्द्र चहाल, वासिङ्गटन सुन्दर, रोहित शर्मा र सूर्य कुमार यादव नायक बने ।

एक हजार एकदिवसिय खेल खेलेको भारतले पाँच सय १८ खेलमा जित निकालेको छ ।

त्यस्तै, चार सय ३१ खेलमा पराजय भोगेको भारतले नौ खेलमा बराबरीको नतिजा आत्मसाथ गरेको छ ।

भारतले खेलेका ४१ एकदिवसिय खेल विविध कारणले नजिताविहीन भएका छन् ।

भारतको एक हजारौं एकदिवसिय खेलमा रोहित शर्माले टोलीको नेतृत्व गरेका थिए ।

त्यस्तै, १००औं खेल खेल्दा भारतको कप्तानी कपिल देवले सम्हालेका थिए भने ५००औं एकदिवसिय खेलमा सौरभ गाङ्गुली भारतको कप्तान रहेका थिए ।

भारत एक हजार एकदिवसिय खेलको कीर्तिमानसहित सबैभन्दा धेरै खेल खेल्ने राष्ट्रको शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया नौ सय ५८ खेलसहित दोस्रो र नौ सय ३६ खेलसहित पाकिस्तान तेस्रो स्थानमा छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०