अन्तत: आइपिएलमा बिकेनन् सन्दीप

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १ फाल्गुण, २०७८
४ वर्षअघि

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने नयाँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा ‘अन्सोल्ड’ भएका छन् ।

यसअघिको सिजनमा समेत नेपाली टोलीका कप्तान लामिछानेलाई कुनै टिमले भित्र्याएको थिएन ।

आइपिएलको मेगा अक्सनमा परे पनि उनलाई कुनैपनि टिमले बोली लगाएनन् ।

बैङ्गलोरमा भएको आइपिएलको अक्सनमा उनी बिकेनन् ।

अक्सनमा सन्दीपले आफ्नो मूल्य ४० लाख भारतीय रुपैयाँ (भारु) तोकेका थिए ।

यस वर्षका लागि उनको आधार मूल्य ६४ लाख नेपाली भएपनि कुनै पनि टिमले चासो देखाएन ।

शनिबार बिक्न नसकेका लामिछानेका लागि आइतबार बिक्री हुने आशा रहेको थियो तर अक्सन टुंगिदासम्म लामिछाने अनसोल्ड रहे ।

मेगा अक्सनका लागि नेपालका १४ जना खेलाडीले नाम दर्ता गराएपनि मेगा अक्सनमा सन्दीपको मात्र नाम छनोट भएको थियो ।

तर उनी यसपटक पनि बिकेनन् ।

आइपिएल २०२२ को प्लेअर अक्सनका लागि कुल एक हजार दुई सय १४ खेलाडीले नाम दर्ता गराउँदा नेपालबाट १५ खेलाडीको नाम रहेको थियो ।

आइपिएलका लागि नेपालबाट कप्तान लामिछानेसहित आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए ।

अहिलेसम्म नेपालबाट कप्तान सन्दीपले मात्र आइपिएल खेलेका छन् ।

सन्दीपले यसअघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका थिए ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्युनतम मूल्य २० भारुमा अनुबन्ध गरेको थियो ।

सन्दीपले तीन सिजन खेल्दा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

तर सन् २०२१ को अक्सनमा उनी बिकेका थिएनन् ।

अहिले सन्दीप विश्वककपको ग्लोबल छनोटका लागि ओमानमा छन् ।

सन्दीप नेतृत्वको टिमले अहिले ग्लोबल छनोटको तयारीस्वरूप चारदेशीय टी-ट्वान्टी सिरिज खेलिरहेको छ ।

चार देश सम्मिलित सिरिजमा नेपालसहित ओमान, युएई र आयरल्यान्ड रहेका छन् ।

हालैमात्र राष्ट्रिय टिम कप्तान बनेका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई कारबाही गर्दै सन्दीपलाई कप्तान बनाएको थियो ।

आइपिएलमा यसपटक १० टोलीको सहभागिता रहनेछ ।

आइपिएलको औपचारिक घोषणा भने हुने बाँकी छ ।

प्रकाशित समय: आईतबार १ फाल्गुण, २०७८, २१:५९:४६

सम्बन्धित खबर

विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपमा जर्मनीको नयाँ परीक्षा, इतिहास रच्न तयार कुराकाओ

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा आज कतार–स्विट्जरल्यान्ड भिड्दै, भोलि बिहान ब्राजिल–मोरक्कोसहित तीन रोचक खेल

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक

शुक्रबार २९ जेठ, २०८३
४ दिनअघि
उपाधि दाबेदार मानिएको स्पेन केप भेर्डेसँग बराबरीमा रोकियो
मङ्गलबार २ असार, २०८३
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०