कप्तान सन्दीपको दाबी : नेपाल विश्वकपका लागि छनोट हुनेछ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ माघ, २०७८
५ वर्षअघि

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

नेपाली टोलीले आफ्नो क्षमताअनुसार खेलेमा यसै वर्ष अस्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।

Advertisement

कप्तान लामिछानेले नेपाली टिमसँग दबाब झेल्न सक्ने क्षमता रहेको बताए ।

हाल नेपाल आइसिसी टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटको तयारीमा छ ।

छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ ।

ओमानमा फेब्रुअरी १७ तारिखदेखि सुरु हुने ग्लोबल छनोटको समूहमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टोली छन् ।

आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् ।

अर्को समूहमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।

नेपालले उद्घाटन खेलमा आयोजक ओमानसँग खेल्नेछ ।

ग्लोबल छनोट खेलअघि नेपालले ओमानमा चार देश सम्मिलित सिरिज पनि खेल्नेछ ।

सिरिजमा नेपालसहित ओमान, युएई र आयरल्यान्ड रहेका छन् ।

यसैगरी ग्लोबल छनोटका लागि समूह ‘बी’ मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् ।

समूह ‘बी’ को छनोट खेल भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुनेछ ।

दुवै समूहमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

सिरिज र ग्लोबल छनोट खेलका लागि नेपालले कीर्तिपुर मैदानमा तयारी गरिरेहको छ ।

ओमान भ्रमणका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा समेत गरिसकेको छ ।

नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र लोकेश बम ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०