चारदेशीय टी–२० सिरिजको पहिलो खेलमा नेपालकाे जित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २८ माघ, २०७८
४ वर्षअघि

दिपेन्द्र सिंह ऐरीले अविजित अर्धशतकीय  रन बनाएपछि नेपालले शुक्रबार घरेलु टिम ओमानलाई पराजित गरेको छ ।

चारदेशीय अन्तर्राष्ट्रिय टि-२० शृङ्खलाको पहिलो खेलमा शुक्रबार नेपालले ओमानलाई ६ विकेटले हराएको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिम ओमानले पहिले ब्याटिङ गरी निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३५ रनमात्र बनाएको थियो ।

नेपालले १९ दशमलव ३ ओभरमा चार विकेटको क्षतिमा एक सय ३७ रन बनायो ।

दिपेन्द्रले ५३ बलमा अविजित ७३ रन बनाए ।

उनले आठ चौका र एक छक्का प्रहार गरे ।

दिपेन्द्र म्यान अफ दि म्याच पनि बने ।

यस्तै, आरिफ शेखले २५ रन बनाए ।

आरिफले २० बलमा तीन चाैका प्रहार गरे ।

आसिफ शेखले ११ बलमा दुई चौका प्रहार गर्दै १४ रन बनाए भने पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १६६ बलमा १३ रन जोडे ।

यस्तै, प्रदीप ऐरीले १४ बलमा चार रन जोडे ।

बलिङतर्फ ओमानका कालिमुल्लाहले दुई तथा खबर अलीले एक विकेट लिए ।

त्यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो ।

ओमानका कप्तान जीशन मक्सुदले अजिवित रहँदै सर्वाधिक धेरै ४३ रन जोडे ।

उनले ४१ बल खेल्दा चार चौका र एक छक्का प्रहार गरे ।

यस्तै, मोहम्मद नदीमले ३१ रन जोडे ।

उनले ३० बल खेल्दा दुई चौका प्रहार गरे ।

यसैगरी जतिन्दर सिंहले तीन चौका प्रहार गर्दै आठ बलमा १३ रन जोडे भने कश्यप प्रजापति ११ रनमा आउट भए ।

शोयब खान र आयन खानले समान ११–११ रन बनाए भने खुरान नवाजले अजिवित ६ रन बनाए ।

नदीम खुसी शून्य रनमै आउट भए ।

बलिङतर्फ नेपालका अविनाश बोहोराले सर्वाधिक तीन विकेट हात पारे ।

चार ओभर बलिङ गरेका उनले २६ रनमात्र खर्चिए ।

यस्तै, कमल ऐरीले चार ओभर बलिङ गर्दा २५ रन खर्चिएर एक विकेट लिए भने आरिफ शेखले एक ओभर बलिङ गर्दा दुई रन खर्चिएर एक विकेट लिए ।

नेपालका कप्तान सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो ।

उनले तीन ओभर बलिङ गर्दा रन खर्चिए ।

चार देश सम्मिलित सिरिजमा नेपालसहित ओमान, युएई र आयरल्यान्ड रहेका छन् ।

सिरिजमा नेपालले १३ तारिखमा युएई र १४ तारिखमा आयरल्यान्डसँग खेल्ने छ ।

नेपालले ओमानसँग टी–२० मा पछिल्लो पटक २०१९ मा खेलेको थियो ।

जसमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

फेब्रुअरी १८ देखि २४ तारिखसम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलको तयारीका लागि नेपालले ओमानसँग खेलेको हो ।

यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल समूह ‘ए’ मा परेको छ ।

समूहमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र यूएई गरेर आठ टोली छन् ।

आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् ।

अर्को समूहमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।

नेपालले उद्घाटन खेलमा फेब्रुअरी १८ तारिख आयोजक ओमानसँग खेल्ने छ ।

यसैगरी, ग्लोबल छनोटका लागि समूह ‘बी’ मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिङ्गापुर, युगान्डा र अमेरिका छन् ।

समूह ‘बी’ को छनोट खेल भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुने छ ।

दुवै समूहका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित समय: शुक्रबार २८ माघ, २०७८, २०:२६:३४

सम्बन्धित खबर

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०