पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ५ साउन, २०८३
३ महिनाअघि

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्धको मुद्दा मुल्तवी राख्न अस्वीकार गरेको छ।

डा. महतको स्वास्थ्य अवस्थालाई आधार बनाएर उनकी पत्नी रोशना महतले मुद्दा मुल्तवीको माग गर्दै निवेदन दिएकी थिइन्। तर विशेष अदालतले डा. महत अदालतमा उपस्थित भएको अवस्थामा स्वास्थ्य अवस्थासमेत विचार गरी इजलासबाट आवश्यक आदेश हुन सक्ने भएकाले हाल मुद्दा मुल्तवी राख्न नमिल्ने आदेश दिएको हो।

Advertisement

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ अनुसार होसठेगानामा नरहेको व्यक्तिले आफ्नो प्रतिरक्षा गर्न नसक्ने अवस्थामा चिकित्सकको परीक्षणपछि मुद्दा मुल्तवी राख्न सकिने कानुनी व्यवस्था रहेको छ। सोही आधारमा निवेदन दिइएको भए पनि अदालतले हालका लागि माग अस्वीकार गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गर्दै ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा पूर्वमन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, डा. रामशरण महत तथा दिवंगत पोष्टबहादुर बोगटीकी पत्नी राममाया बोगटी लगायतलाई प्रतिवादी बनाइएको छ। उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०