फिफा विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३० असार, २०८३
१ महिनाअघि

विराटनगर । जारी फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा बुधबार दुई युरोपेली फुटबलका महारथी फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्।

टेक्ससको अर्लिङटनस्थित डलास स्टेडियम राति १२:४५ मा हुने यो खेललाई प्रतियोगिताकै सबैभन्दा प्रतिक्षित भिडन्तका रूपमा हेरिएको छ।

यस खेलमा विश्व फुटबलका दुई स्टार किलियन एम्बाप्पे र लामिन यामालबीचको प्रतिस्पर्धा पनि विशेष आकर्षण रहनेछ।

क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो भने स्पेनले बेल्जियमलाई २–१ ले हराएर सेमिफाइनल यात्रा तय गरेको हो।

विश्वकप इतिहासमा फ्रान्स र स्पेनबीच यसअघि केवल एक पटक, सन् २००६ को प्रि-क्वाटरफाइनलमा भेट भएको थियो।

उक्त खेलमा जिनेदिन जिदानको कप्तानीमा रहेको फ्रान्सले स्पेनलाई ३–१ ले पराजित गरेको थियो। हालका वर्षहरूमा भने दुवै टोलीबीच प्रतिस्पर्धा निकै रोचक रहँदै आएको छ।

फ्रान्सले सन् २०२४ को युरो कपको सेमिफाइनलमा स्पेनलाई २-१ ले पराजित गरेको थियो । त्यसपछि सन् २०२५ को नेसन्स लिगमा पनि फ्रान्सले स्पेनलाई ५-४ ले हराएको थियो ।

प्रकाशित समय: मङ्गलबार ३० असार, २०८३, १३:२०:५६
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०