फिफा विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३० असार, २०८३
३ महिनाअघि

विराटनगर । जारी फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा बुधबार दुई युरोपेली फुटबलका महारथी फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्।

टेक्ससको अर्लिङटनस्थित डलास स्टेडियम राति १२:४५ मा हुने यो खेललाई प्रतियोगिताकै सबैभन्दा प्रतिक्षित भिडन्तका रूपमा हेरिएको छ।

Advertisement

यस खेलमा विश्व फुटबलका दुई स्टार किलियन एम्बाप्पे र लामिन यामालबीचको प्रतिस्पर्धा पनि विशेष आकर्षण रहनेछ।

क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो भने स्पेनले बेल्जियमलाई २–१ ले हराएर सेमिफाइनल यात्रा तय गरेको हो।

विश्वकप इतिहासमा फ्रान्स र स्पेनबीच यसअघि केवल एक पटक, सन् २००६ को प्रि-क्वाटरफाइनलमा भेट भएको थियो।

उक्त खेलमा जिनेदिन जिदानको कप्तानीमा रहेको फ्रान्सले स्पेनलाई ३–१ ले पराजित गरेको थियो। हालका वर्षहरूमा भने दुवै टोलीबीच प्रतिस्पर्धा निकै रोचक रहँदै आएको छ।

फ्रान्सले सन् २०२४ को युरो कपको सेमिफाइनलमा स्पेनलाई २-१ ले पराजित गरेको थियो । त्यसपछि सन् २०२५ को नेसन्स लिगमा पनि फ्रान्सले स्पेनलाई ५-४ ले हराएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०